कोरिया भाषा परीक्षा आजबाट शुरु, ९२ हजार युवा सहभागी

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा शनिबारबाट शुरु भएको छ । परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी हुँदै छन् । आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ […]

नेपालका लागि बेलायती राजदूतमा पोलिट नियुक्त

काठमाडौँ : नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त हुनुभएको छ । हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक रहेकी उनले नेपालका लागि राजदूतमा भेम्बर २०१९ बाट कार्यभार सम्हाल्नुहुनेछ । नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिससरुवा भएपछि निकोला नेपाल आउनुहुने बताइएको छ ।

बजेट २०७६ /७७ : विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गरिने

काठमाण्डौ: सरकारले कृषिको सीप सिकेर विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनीक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवालाई स्थानीय स्तरमै हुने विकास निर्माणको काममा पनि परिचालन गर्ने योजना बनाएको जानकारी गराउनुभयो ।

भारतमा कंग्रेस पराजय हुनुका मुख्य ८ कारण

भारतको प्रमुख विपक्षी कंग्रेस पार्टी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अगाडि पुनः असफल बनेको छ । चार वर्षअघि नराम्रो पराजय चाखेको कंग्रेस फेरि एकपटक त्यस्तै नियति भोग्न बाध्य भएको छ । सत्तारुढ दल भाजपाका थुप्रै असफलताका बाबजुद पनि १० वर्षअघि लगातार दुईपटक सत्तामा रहेको कंग्रेस आफ्नो हैसियतभन्दा तल झरेको छ । कंग्रेसको पराजयमा पार्टी नेतृत्व मुख्य जिम्मेवार रहेको […]

कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु

काठमाडौं : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । एक जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य छन् । उनीहरु दुवैको मृत्यु लेक लागेर तथा थकाइका कारण भएको जनाइएको छ । नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको […]

क्यानडाका लागि नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं: क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गर्नुभएको थियो ।