क्यानडाका लागि नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं: क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गर्नुभएको थियो ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार १६:३९