दुई देशका प्रतिनिधिमण्डलबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा वार्ता भएको थियो । तस्विर : रोयटर्स रुस र युक्रेनबीच बुधबार साँझ शान्ति वार्ता पुनः सुरु हुने रुसी सरकारी समाचार एजेन्सी टासले जनाएको छ । ‘हाम्रो प्रतिनिधिमण्डल वार्ता जारी राख्न तयार छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने। राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्की एक पटक फेरि रुसका लागि […]
तस्विर : अल जजीरा कीभ – संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार रूसले आक्रमण सुरु गरेदेखि लगभग ९ लाख मानिसहरू युक्रेनबाट भागेका छन्। देश छाड्ने मध्ये धेरै जना छिमेकी पोल्याण्डमा भागेका छन् । पोल्याण्डमा अहिलेसम्म ४ लाख ५० हजार भन्दा बढी मानिसहरू भागेको राष्ट्र संघले जनाएको छ । एक लाखभन्दा बढी मानिसहरू हङ्गेरीमा पुगेका छन्। […]
कीभ – युक्रेनले हालसम्म ५ हजार ८४० रुसी सेना मारिएको दावी गरेको छ । युक्रेनले रुसी आक्रमण शुरु भएदेखि ५ हजार ८४० सेना मारिएको दावी गरेको हो । युक्रेनको दावी अनुसार हालसम्म ५ हजार ८४० सेनासहित, ३० विमान, ३१ हेलिकप्टर, २११ ट्याङ्कहरू, ८६२ बख्तरबंद गस्ती गाडी, ६० इन्धन ट्याङ्की, ३३५ सवारी साधन, ४० रकेट लन्चरहरू […]
वाशिंगटन – अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले रुसी उडानहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन । बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाव सिर्जना हुने बताए । यसअघि रुसमाथि युरोपेली […]
वार्सा – रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय भन्दा बढी नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट ३ सय २ जना नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिनुभयो । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलवारसम्म २ सय ३२ जना […]
तस्विर : अल जजीरा कीभ– रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा देश छाड्नेको संख्या ६ लाख ६० हजार नाघेको छ । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार हालसम्म ६ लाख ६० हजार भन्दा बढी मानिसहरुले देश छाडेका हुन । देश छाड्नेमा अधिकांश महिला र बालबालिका छन् । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीका प्रवक्ता साबिया मन्टुले स्विट्जरल्याण्डमा एक […]
कीभ – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्नु भएको छ । युक्रेनबाट भिडियो लिङ्कमार्फत् बोल्दै जेलेन्स्कीले युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने अभिव्यक्ति दिनु भयो । ‘युक्रेनमा जे भइरहेको छ, त्यो दुःखद हो र हामी आफ्नो भूमि, आफ्नो स्वतन्त्रता र आफ्नो जीवनको लागि लडिरहेको छौ’, जेलेन्स्कीले भन्नु भयो, ‘यी पछिल्ला केही दिनहरूमा […]