९ लाख नागरिकले युक्रेन छाडे: संयुक्त राष्ट्र संघ

तस्विर : अल जजीरा

कीभ – संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार रूसले आक्रमण सुरु गरेदेखि लगभग ९ लाख मानिसहरू युक्रेनबाट भागेका छन्।

देश छाड्ने मध्ये धेरै जना छिमेकी पोल्याण्डमा भागेका छन् । पोल्याण्डमा अहिलेसम्म ४ लाख ५० हजार भन्दा बढी मानिसहरू भागेको राष्ट्र संघले जनाएको छ । एक लाखभन्दा बढी मानिसहरू हङ्गेरीमा पुगेका छन्।

युएनएचसिआरका अनुसार मस्कोले आक्रमण सुरु गरेदेखि देशबाट भाग्नेको संख्या दुत्र रूपमा बढेको छ भने देश छाड्नेमा अधिकांश महिला र बालबालिका छन् ।


प्रकाशित | १८ फाल्गुन २०७८, बुधबार १७:३१