अमेरिकी हवाई क्षेत्रमा रुसी विमानहरूमाथि प्रतिबन्ध लगाउने जो बाइडेनको घोषणा

वाशिंगटन – अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले रुसी उडानहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन ।

बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाव सिर्जना हुने बताए । यसअघि रुसमाथि युरोपेली देश तथा क्यानडाले रुसी विमानहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् ।

बाइडेनले आफ्ना युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्की र युक्रेनी नागरिकहरूलाई उनीहरूको लिडरता, साहस र दृढताले  विश्वलाई प्रेरणा दिएको भन्दै प्रशंसा गरे।

राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कडा आलोचना गर्दै अमेरिका र नेटो युक्रेनको साथमा रहेको बताए ।

‘इतिहासले देखाएको छ कि तानाशाहहरूले उनीहरूको आक्रामकताको मूल्य तिर्न सक्दैनन्, उनीहरूले थप अराजकता निम्त्याउँछन्’, रुसको पूर्वनियोजित र अप्रत्याशित आक्रमणको निन्दा गर्दै बाइडेनले भनेका छन्, ‘भ्लादिमिर पुटिन युक्रेनी आक्रमणको लागि एक्लै दोषी छन् र रुसले यसको मूल्य लामो सयमसम्म निरन्तर चुकाउनुपर्नेछ ।’

पुटिनको शासनलाई कुलीन वर्ग र अन्य भ्रष्ट अधिकारीहरूले समर्थन गरेको उनले बताए । राष्ट्रपति बाइडेनले पुटिनले स्वतन्त्र संसारको जग हल्लाउन खोजेको बताए ।


प्रकाशित | १८ फाल्गुन २०७८, बुधबार १०:०९