कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ ।  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले विनियोजन विधेयक २०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको […]

मेरो इमानदारीतामा आँच आउन दिनेछैन: बासुदेव थापा (पूर्णपाठसहित)

बासुदेव थापा, नगर प्रमुख, सूर्यविनायक नगरपालिका उपत्यकामा नै पिछडिएको ठाउँ र त्यहीमाथि म साधारण किसानको छोरो, दोस्रो पटक पनि नगर प्रमुखको रुपमा यहाँहरुको माया र विश्वासको कारण निर्वाचीत भएको छु । तपाईले आज मलाई गलाभरि भारि माला लगाइदिनु भएको छ । मैले त्यसलाई ठूलो बोझको रुपमा लिएको छु । त्यो माला तथा सम्मानलाई मैले पाँच […]

आज गणतन्त्र दिवस, राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन भने आउन सकेन

काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै […]

आर्थिक संकट पार लगाउन नसकिने अवस्थामा पुगिसक्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै पर्ने बताएका छन् । प्रतिनिधिसमामा नीति तथा कार्यक्रमबारे बोल्दै महामन्त्री थापाले भने, ‘हाम्रो अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ, जोखिममा पर्न थालिसक्यो । यसमा सरकारको ध्यान यसमा जानु पर्नेछ ।’ यो संकटबाट विगतमा जस्तै गरी पार लगाउन नसकिने उनको भनाइ छ । […]

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने् भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि सांसद्हरुले धारणा राख्ने क्रम जारी रहनेछ । शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि आज पनि बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी […]

बालेन साह बने काठमाडौँ महानगरपालिकाको मेयर, उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साह निर्वाचित हुनु भएको छ । साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनु भएको हो । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउनु भयो । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याउनु भयो । […]

७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौँ । वैशाख ३० गते भएको सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय २८ पालिका जित्दा नेकपा एमाले २ सय ५ पालिका प्रमुखमा विजयी भएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र १ सय २१, जनता […]