बालेन साह बने काठमाडौँ महानगरपालिकाको मेयर, उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साह निर्वाचित हुनु भएको छ । साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनु भएको हो ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउनु भयो । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याउनु भयो । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी प्राप्त गर्नु भयो ।

उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित हुनु भएको छ। उहाँले नेकपा एकीकृतका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी हुनु भएको हो । डंगोलले ६८ हजार ६१२ मत प्राप्त गर्नु भयो । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

सुरुवातमा विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका थिए । पछि क्रमशः अन्य क्षेत्रका अगुवाहरु पनि उनको पक्षमा खुल्दै गए ।


प्रकाशित | १३ जेष्ठ २०७९, शुक्रबार ०९:०१