बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो

जलेश्वर : महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् ।महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका थिए । […]

तमु धिं यूकेको आयोजनामा लन्डनमा हुन लागेको ११ औं नेपाली मेलाको तयारी पूरा

तस्विर:  शिव भण्डारी लन्डन : तमु धिं यूकेको आयोजनामा आगामी अगष्ट २५ तारिखमा हुने नेपाली मेलाको तयारी पूरा भएको छ । नेपाली मेलामा बेलायतवासी झण्डै दश हजार नेपालीले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजक तमुधिं यूकेका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलामा लन्डनस्थित नेपाली दूतावासको समेत सहकार्य रहनेछ । मेलामा २८ […]

अस्ट्रेलियाको मेलबोर्नमा ‘तीज साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न

मेलबोर्न : मेलबोर्न नेपलिज कमुनिटी वेस्टको आयोजना तथा रोयल वेस्टर्न फुटबल क्लबको सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा तीज साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा फेडेरल एमपी जोयान रायन, भिक्टोरियाका कन्सुलेट जेनेरल चन्द्र योञ्जन, मल्टीकमिसन भिक्टोरियाका डा सुन्दरम सिभमाल्मी, अजि याक्सन एब्रोड फर नेपालका ग्राम केन्ट बाजे लगायत नेपाली समाजका बिभिन्न प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो […]

पोर्चुगलमा एक नेपाली बिरामीको विचल्ली

लिस्बन : वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् । सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा पर्नुभएको हो । गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आउनुभएको हो । उहाँ उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित हुनुहुन्छ । […]

एनआरएनए कोरिया अध्यक्षमा लक्ष्मी गुरुङद्धारा पुन: उम्मेदवारी घोषणा

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको अध्यक्षमा लक्ष्मी गुरुङले पुन: उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी २०१९ -२०२१ कार्यकालको लागि अध्यक्षमा पुन उम्मेदवारी घोषणा गर्नुभएको हो । आफनो कार्यकालमा संस्था दर्ता प्रक्रियामा पूरै समय बिताउनु परेको भन्दै आफना अधुरा योजना पूरा गर्न पुन: उम्मेदवारी घोषणा गरिएको विश्व सन्देशलाई जानकारी गराउनुभयो । हाल अध्यक्ष […]

जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त

काठमाडौं: नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल–जापान गन्तव्य उडानका लागि ‘ग्लोबल एडभान्स ट्रान्सपोर्ट कम्पनी’ लाई टिकट बिक्रीकर्ता पिएसए नियुक्त गरेको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै उक्त कम्पनीलाई पिएसए नियुक्त गरेको जनाएको हो । निगमले उक्त कम्पनीबाट व्यवसाय र सेवा दुवैलाई समायोजन गरी […]

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

काठमाडौं : रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि […]