अस्ट्रेलियाको मेलबोर्नमा ‘तीज साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न

मेलबोर्न : मेलबोर्न नेपलिज कमुनिटी वेस्टको आयोजना तथा रोयल वेस्टर्न फुटबल क्लबको सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा तीज साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा फेडेरल एमपी जोयान रायन, भिक्टोरियाका कन्सुलेट जेनेरल चन्द्र योञ्जन, मल्टीकमिसन भिक्टोरियाका डा सुन्दरम सिभमाल्मी, अजि याक्सन एब्रोड फर नेपालका ग्राम केन्ट बाजे लगायत नेपाली समाजका बिभिन्न प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

मेलबोर्नमा बिभिन्न सामाजिक गतिबिधि सक्रियतापुर्बक संचालन गर्दै आएको यस संस्थाले महिलाहरुको महान चाड तीज साँझ बिबिध कार्यक्रमहरु सहित सम्पन्न गरेको छ । १७ तारिखका दिन वेरेबी बाप्टिस्ट चर्चमा साँझ ५ बजे बाट सुरु भएको उक्त कार्यक्रम मेलबोर्नको वेस्ट लगायत अन्य सब वर्वबाट पनि उलेख्य मात्रामा उपस्थिति रहेको थियो । ५ डलर टिकट मुल्य रहेको उक्त कार्यक्रममा ३ सय भन्दा बढि नेपालिहरुको उपस्थिति रहेको थियो । नेपालबाट आउनु भएका आमाबुबा, विद्यार्थी, केटाकेटीहरुलाई भने फ्री टिकटको ब्यबस्था गरिएको आयोजक कमिटीका उपाध्यक्ष नारायण कट्टवालले बताउनु हुदै टिकटबाट सँकलित जम्मा रकम नेपालमा क्यान्सर पीडितहरुको लागी च्यारीटि गर्ने जानकारी गराउनु भयो।

कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आउनु भएकी चर्चित लोक गायिका सुनिता दुलालको बिभिन्न लोक तथा तीजका गितहरुमा रमाउदै उपस्थित महिला दिदीबहिनीहरु, केटाकेटिका साथै अतिथि महानुभाबहरु पनि कम्मर मर्काइ मर्काइ नाँचेका, झुमेका थिए । नेपालबाट आउनु भएका आमाहरू तीजको गितसङ्गितमा नाच्दै नेपालकै परिवेशको झजल्को आएको बताउदै खुशी व्यक्त गर्दै आयोजक संस्थालाई आशिर्वाद दिदै गरेको प्रष्ट देखिन्थ्यो । कार्यक्रममा तिजका गितहरु लगायत न्याभ बाल चौतारी वेस्टको तर्फबाट साना भाइबहिनीहरुको आकर्षक नृत्य, मेहेन्दी, फेस पेन्टिङ, डिजे, फोटोग्राफि जस्ता बिबिध कार्यक्रमका साथै डिनरको ब्यबस्था पनि रहेको थियो । कार्यक्रममा आमन्त्रित अतिथिगण हरुबाट नेपाली महिला दिदीबहिनीहरुलाई तीजको सुभकामना दिनुभएको थियो ।

आयोजक कमिटीका सचिब तथा तीज साँझ कार्यक्रमका संयोजक रोशनी श्रेष्ठज्युले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरु, नेपालीहरुलाई स्वागत मन्तब्य ब्यक्त गर्नु हुदै तीज नेपाली महिलाहरुको महान चाड भएको र हामी नेपालीहरु जहाँ रहेपनी रमाइलोका साथ नाच्दै गाउदै मनाउनु पर्ने बताउनु भयो। उक्त कार्यक्रम भब्य अनि सभ्य रुपमा सम्पन्न भएको बताउनु हुदै आयोजक कमिटिका अध्यक्ष शंकर थापाले धन्यवाद ज्ञापन गर्दै तीज साँझ कार्यक्रम आयोजना गर्न पाउदा संस्थाको तर्फ बाट खुशी ब्यक्त गर्दै आफुहरु निक्कै उत्साहित भएको बताउनु भयो ।

अध्यक्ष थापाले आफ्नो कला सँस्कृतिका बिबिध कार्यक्रमहरु आगामी दिनमा गर्दै जाने बताउनु भयो । कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्न आ(आफ्नो तर्फबाट साथ र सहयोग गर्नु हुने सम्पूर्ण कलाकार, स्पन्सर, संचारकर्मी, स्वयं सेवक, उपस्थित नेपाली समुदाय, संस्थामा आबद्ध प्रतिनिधिहरु प्रति हार्दिक आभार प्रकट गर्नुहुदै नेपाली महिलाहरूको महान चाड तीजको सुभकामना ब्यक्त गर्नु भएको थियो ।


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार १८:२२