कागेश्वरी मनोहरा नगरपालिका भित्रका सहकारीलाई १५ दिनभित्र अद्यावधिक गर्न आग्रह

काठमाडौं -कागेश्वरी मनोहरा नगरपालिका भित्र रहेका सहकारी संस्थालाई १५ दिनभित्र अद्यावधिक गर्न नगरपालिकाले सूचना जारी गरेको छ।

‘कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत कार्यक्षेत्र तथा कार्यालय भइ प्रदेश अन्तर्गत दर्ता भएका विभिन्न प्रकृतिका सहकारी संस्थाहरुको विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि तपसिल बमोजिमको ढाचामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उल्लेख गरिएको सम्पूर्ण कागजात यस नगरपालिकाको सहकारी शाखामा उपलब्ध हु नेगरी पेश गर्न सूचना प्रकाशित गरिएको ‘ विज्ञप्तिमा भनीएको छ ।

अद्यावधिक गर्नका लागि संस्था दर्ताको प्रमाणपत्रसहित कर चुक्ता, लेखापरिक्षण, व्यवसाय दर्ता एवंम नविकरण गरेको हुनुपर्ने नगरपालिकाले जनाएको छ।


प्रकाशित | १६ फाल्गुन २०७९, मंगलवार ०९:५२