प्रधानमन्त्रीको कतार भ्रमण स्थगित

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहा भ्रमण रद्द भएको छ ।

अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो । तर राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने तय भएको थियो ।

त्यस्तै प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको आजै हुने जेनेभा भ्रमणसमेत रोकेका छन् । परराष्ट्रमन्त्री पौड्याल आइतबार मानवअधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा तयारीमा हुनुहन्थ्यो।


प्रकाशित | १४ फाल्गुन २०७९, आईतवार २२:००