एनआईसी एसिया र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता

काठमाडौं: एनआईसी एसिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रालि ललितपुरबीच १० प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरूलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्युआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा सम्झौता भएको हो । क्युआर पेमेन्टका लागि […]

शेयर बजारः परिसूचक बढ्यो, कारोवार रकममा प्रगति देखिएन

काठमाडौं : धितोपत्र बजारमा साताको शुरुआतदेखि नै ओरालो लागेको कारोवार मापक नेप्से परिसूचक मङ्गलबार भने उकालो लागेको छ । उतारचढावका बीच आज नेप्से परिसूचक २.९२ अङ्कले बढेर एक हजार २५०.२७ मा पुगेर थामियो । त्यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.२७ अङ्कले बढेर २६९.०६ मा पुग्यो । परिसूचक बढे पनि कारोवार रकममा भने […]

काठमाण्डौं फन भ्यालीद्धारा लाखौ कर छली

रमेश गिरी /भक्तपुर सूर्यविनायक नगरपालिका १० पलाँसेमा संचालित काठमाण्डौ फन भ्यालीले लाखौ रुपैयाको कर छली गरेको पाईएको छ । काठमाण्डौ फन भ्याली कम्पनीको नाममा बिल काट्नु पर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाईएको हो । काठमाण्डौं फन भ्यालीको नाममा दर्ता भई संचालनमा रहेको उक्त कम्पनीले कर छलि गर्न विद्यालयहरुलाई भने उक्त कम्पनीको बिल नदिई […]

आलु चिप्स उद्योग सञ्चालन

डडेल्धुरा : डडेल्धुरा जिल्ला सदरमुकाममा आलु चिप्स उद्योग सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोनको पुरक अनुदान सहयोगमा सो उद्योग सञ्चालनमा भएको हो । उत्पादन बढ्दै गएसँगै आलु सुपरजोन बनाइएको डडेल्धुरामा आलुको खपतका लागी चिप्स उद्योग सञ्चालन गरिएको परियोजनाले जनाएको छ । परियोजनाको आठ लाख बराबरका उपकरण सहयोगमा उद्योग सञ्चालनमा ल्याएको […]

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार: पर्यटन विभाग

काठमाडौं: पर्यटन विभागले सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार भएको जनाएको छ । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको उसले स्पष्ट पारेको हो । विभागले एक विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक […]

अण्डाको मूल्य बढ्यो, लागत मूल्य अझै पुगेन

काठमाडौं: कुखुराको अण्डाको मूल्य बढेको छ । मूल्य बढे पनि लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १० पर्दछ । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ । हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ […]

चालू खर्चमा दोहन : सातामा २२ अर्ब, एकै दिनमा ६ अर्ब खर्च

काठमाडौं: चालू आर्थिक वर्षको पछिल्लो १५ दिन ९असार १५० देखि मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी खर्च गर्न शुरु गरेका छन्। विगत वर्षहरुमा जस्तै यो वर्ष पनि कार्यालय प्रमुख, लेखा, स्टोर, प्रशासन र प्राविधिक कर्मचारीबीचको मिलेमतोमा चालू बजेटमा विनियोजित अर्बौं रुपैयाँ दोहन गर्न शुरु गरिएको हो। आइतबार ९असार २२० मा एकै […]