मौद्रिक नीति : बिग मर्जरदेखि व्याजदर सीमा घटाउनेसम्मका बहस

रमेश लम्साल /काठमाडौँ नेपाल राष्ट्र बैंकले सम्भवतः यसैसाता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । वित्तीय नीतिजस्तै मौद्रिक नीतिलाई पनि अर्थतन्त्रको महत्वपूर्ण आधार हो । नीतिमा समेटिने धेरै विषयले बैंक, वित्तीय संस्थादेखि उद्योग तथा वाणिज्यको क्षेत्रलाई समेत प्रत्यक्ष प्रभाव पार्दछ । सोही कारण उक्त नीतिप्रति आमरुपमा चासो रहने गर्दछ । फरक यत्ति मात्रै हो, […]

शेयर बजारः नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं : आइतबार जस्तै आज पनि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८।७० विन्दुले घटेर एक हजार २४७।३५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।५६ विन्दुले घटेर २६८।७९ मा झरेको छ । नेप्से घट्दा कारोवार रकम […]

सबैको लघुवित्तको साधारण शेयर बिक्री हुँदै

काठमाडौं : पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । आइतबारदेखि आँधी खोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री शुरु भएको छ । यस्तै शुक्रबारदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री भइरहेको छ । यही क्रममा आगामी साउन १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर ९आइपिओ० बिक्री […]

प्रदेश र स्थानीय तहका पर्यटक गन्तव्यको विकास गर्न सङ्घको मुख ताक्नुपर्दैन: अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय तहका पर्यटक गन्तव्यको विकास गर्न सङ्घको मुख ताक्नुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । पर्यटक गन्तव्यका रुपमा छुटेका र आकर्षण गन्तव्य रहेका पर्यटकीयस्थलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहले मिलेर काम गर्ने योजना बनाइएको बताउँदै अब केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गरिएको जानकारी गराउनुभयो । प्रदेश र […]

राष्ट्रपतिबाट राष्ट्र बैंकको भवन शिलान्यास

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गर्नुभयो । उक्त […]

तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन

केदार मगर /खोटाङ साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प […]

कफीखेतीको सम्भावना र माग उच्च

पाँचथर: जिल्लामा कफीखेतीको सम्भावना उच्च रहेको पाइएको छ । जिल्लाको दक्षिणी गाउँपालिका तुम्बेवाले माटोको परीक्षण गरेर कफीखेतीका लागि लगानी नै गरेको छ । गाँउपालिकाका उपप्रमुुख धन साँवाका अनुसार कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रूपमा स्थापित गर्न चालू आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेर बेर्ना उत्पादनकार्य शुरु गरिएको छ । साँवाले भन्नुभयो, “कफीको बजार राम्रो छ, […]