एनआईसी एसिया र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता

काठमाडौं: एनआईसी एसिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रालि ललितपुरबीच १० प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरूलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्युआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।

क्युआर पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एसियाको मोबाइल एपमार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाले हस्ताक्षर गरे भने सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेकजंग थापाले हस्ताक्षर गर्नुभएको छ ।


प्रकाशित | २५ असार २०७६, बुधबार ०९:२५