उदयपुर सिमेन्ट उद्योग बन्द: उद्योग बन्द हुँदा दैनिक ७५ लाख नोक्सानी

काठमाडौं : नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको […]

एकापसमा मिल्ने भए ग्लोबल आइएमई र जनता बैंक

काठमाडौं: ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय आज गरेका हुन् । सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष […]

प्रधानमन्त्री रोजगार कार्यक्रम : ५२ राउटेलाई रोजगारी

दुल्लु : कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान गरेको हो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत समुदायका युवा र महिला गरी ५२ जनालाई रोजगारी दिइएको छ । कार्यक्रमअन्तर्गत […]

‘सिजन’ सकिएसँगै खुम्बु क्षेत्र सुनसान

– भोजराज कार्की नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि […]

नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण शुरु हुँदै

सञ्चिता घिमिरे /काठमाडौँ काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण चाँडै शुरु हुने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आजको बैठकमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माणका लागि सबै तयारी भइसकेको बताउनुभयो । उहाँका अनुसार जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियत ऋणमा सो योजना बनाउने सहमति भएको […]

लमजुङमा बन्नेभयो, विश्वकै अग्लो स्थानको ‘स्मार्ट फिल्म सिटी’

–नारायण ढुङ्गाना लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ । पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि आज नेपालको स्काइ इन्टरटेनमेन्ट प्राली र इटालीयन निर्माण कम्पनी वल्र्ड एरिया होल्डिङ् एसआरएलबीच सम्झौता भएको छ । निर्माण सम्पन्न भए यो विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म […]

चार महीनामै स्याउ फल्दा किसान हर्षित

बाजुरा: जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिनुभयो । सो स्थानमा फुजी, गाला र […]