सामान्य शुल्कमा गुणस्तरीय सेवा दिदैं समाज डेन्टल हस्पिटल, जोरपाटी शाखामा बैशाख भरि १५ प्रतिशत छुट (भिडियो रिपोर्ट)

काठमाडौं । दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ सुरु भएको समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २ दशक पार गरिसकेको छ । सामान्य शुल्कमा गुणस्तरीय सुबिधा दिएकै कारण यतिबेला दन्त सेवामा उत्कृष्ठ ठहरिएको छ समाज डेण्टल हस्पिटल ।

काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको डेण्टलको शाखाहरु सनसिटी, पेप्सिकोला, बसुन्धरा, गठाघर, राधेराधे भक्तपुर, बिपि अस्पताल र बनेपामा रहेको छ । पछिल्लो पटक ९ औं शाखा गोकर्णेश्वर– ६ स्थित जोरपाटीमा खुलेको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन गर्नु भयो । सो अवसरमा मेयर रिसालले नगरपालिकाभित्र सेवामूलक स्वास्थ्य संस्था खुल्दा खुसी लागेको बताउनुभयो ।

हस्पिटलका प्रबन्धक सबिन घिमिरेले ऐतिहासिक धार्मीक , सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी ब्यक्त गर्दै सामान्य शुल्कमा गुणस्तरीय सुबिधा दिने उदेश्यका साथ शाखा स्थापना गरिएको बताउनुभयो ।

समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले न्यूनतम तीन वर्षको अनुभवी दक्ष चिकित्सकहरुबाट मात्र सेवा प्रवाह गदै आएको बताउनु भयो । सेवा प्रवाहमा अरु भन्दा निकै फरक र गुणस्तरीय रहेकोमा उहाले जोड दिनु भयो ।

क्लिनीक बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म खुल्ने छ । दैनीक एक सय जनालाई सेवा दिन सक्ने गरि जनशक्ती ब्यवस्थापन गरिएको छ । हस्पिटलले जोरपाटीमा उद्घाटन भएको दिनमा सम्पूर्ण सेवाहरुमा ५० प्रतिशत छुट दिइएको थियो । बाँकी चैत्र र बैशाख महिना भरि १५ प्रतिशत छुट दिइएको छ ।


प्रकाशित | २ बैशाख २०८०, शनिबार २०:४५