जोरपाटीमा खुल्यो समाज डेन्टल हस्पिटलको नयाँ शाखा, गोकर्णेश्वरका मेयर रिसालद्धारा उद्घाटन

काठमाडौं । समाज डेण्टल हस्पिटलको ९ औं शाखा गोकर्णेश्वर- ६ स्थित जोरपाटीमा खुलेको छ । दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता भन्ने उदेश्यका साथ स्थापना भएको समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा जोरपाटीमा सेवा बिस्तार गरेको हो ।

शनिबार एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन गर्नु भयो । सो अवसरमा मेयर रिसालले नगरपालिकाभित्र सेवामूलक स्वास्थ्य संस्था खुल्दा खुसी लागेको बताउनुभयो ।

नगर अस्पतालमा सबै सेवा उपलब्ध गराउँदा पनि डेन्टल सुविधा दिन नसकेको बताउँदै समाज डेन्टलले नगरबासीलाई सेवा दिनेमा विश्वास ब्यक्त गर्नुभयो । नगरपालिकाले ज्येष्ठ नागरिकलाई ७० प्रतिशत छुट दिएको बताउँदै आगामी दिनमा समाज डेन्टल सँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

समाज डेण्टल हस्पिटलका प्रबन्धक सबिन घिमिरेले ऐतिहासिक धार्मीक , सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी ब्यक्त गर्दै सामान्य शुल्कमा गुणस्तरीय सुबिधा दिने उदेश्यका साथ शाखा स्थापना गरिएको बताउनुभयो ।

क्लिनीक बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म खुल्ने बताउँदै उहाँले दैनीक एक सय जनालाई सेवा दिन सक्ने गरि जनशक्ती ब्यवस्थापन गरिएको बताउनुभयो ।

सोही वडाका वडाध्यक्ष नवराज लामाले भरपर्दो डेन्टल क्लिनीक नभएको अवस्थामा जोरपाटीबासीलाई सहज तरिकाले सहुलियत दरमा सेवा दिएमा सबैको केन्द्र बन्ने बताउनुभयो ।

समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले न्यूनतम तीन वर्षको अनुभवी दक्ष चिकित्सकहरुबाट मात्र सेवा प्रवाह गदै आएको र सेवा प्रवाहमा अरु भन्दा निकै फरक र गुणस्तरीय रहेको बताउनुभयो ।

उद्घाटन भएको पहिलो दिन सम्पुर्ण सेवाहरुमा ५० प्रतिशत छुट दिइएको थियो । बाँकी चैत्र र बैशाख महिना भरि १५ प्रतिशत छुट दिइएको छ । पहिलो दिन नै सेवाग्राहीको अत्याधीक भिड लागेको थियो ।

सो अवसरमा मेयर रिसाल आफैले पनि दाँतको परिक्षण गर्नु भएको थियो । समाज डेण्टल हस्पिटलले २३ बर्ष देखि दाँत तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ ।

काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको डेण्टलको शाखाहरु बानेश्वर, सनसिटी, पेप्सिकोला, बसुन्धरा चौकी, गठाघर, राधेराधे भक्तपुर, बिपि अस्पताल र बनेपामा रहेको छ ।

This image has an empty alt attribute; its file name is IMG_5381-1024x683.jpg

प्रकाशित | २५ चैत्र २०७९, शनिबार २०:२०