स्वास्थ्य सेवा प्रवाहलाई ब्यवस्थित बनाउँदै कागेश्वरी मनोहरा नगरपालिका (भिडियो रिपोर्ट)

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले चुनावी घोषणपत्र अनुसार नै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो । नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन सक्रियपूर्वक लागिपरेको नगरप्रमुख कार्कीले स्पष्ट पार्नु भयो ।

नगरपालिकाले एउटा नगर अस्पताल, चार वटा बर्थीङं सेन्टर र प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य सेवा प्रवाहलाई ब्यवस्थित बनाउँदै लगेको छ । सोको लागि थप जनशक्ती र उपकरण ब्यवस्थापन गर्दै गुणस्तरीय सेवा दिन लगानी तथा कार्यक्रम अगाडि बढाइरहेको छ ।

मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रम, विद्यालय स्वास्थ्य कार्यक्रम, गाउँ घर क्लिनीकमार्फत टोलटोलमा पुगेर स्वास्थ्य सेवा पुर्याउने काम भइरहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की

यता विद्यालयमा पनि नियमीत स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । यस्तै ज्येष्ठ नागरिकको हकमा घरदैलोमा सेवा पुर्याउन पाउँदा अत्यन्तै खुसी लागेको मेयर कार्कीले बताउनुभयो ।

मूलपानी नगर अस्पतालमार्फत दैनीक दुई सयको हाराहारीमा नियमीत रुपमा स्वास्थ्य परिक्षण भइरहेको छ भने सेवा सुविधालाई ब्यवस्थित बनाउन नगरपालिका लागिपरेको छ ।

१८ करोड लगानीमा नगर अस्पतालको थप भवन निर्माण भइरहेको छ । भवन निर्माण भएसँगै थप एक सय जनालाई उपचार दिन सकिने नगरपालिकाले जनाएको छ । त्यस्तै, अक्सिजन प्लान्ट सन्चालनमा आइसकेको छ । यसलाई आवश्यकता अनुसार जनताको घरदैलोमा पुर्याउन सकिने मेयर कार्कीले उल्लेख गर्नु भयो ।

नगरपालिकाले हाल ११ वटा स्वास्थ्य संस्थाबाट नगरबासीलाई सेवा दिइरहेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार डाँगीले आधारभूत स्वास्थ्य सेवालाई घरदैलोसम्म पुर्याउने लक्ष्य अनुसार अगाडि बढेको बताउनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार डाँगी

नगरका सबै स्वास्थ्य संस्था र क्लिनीकहरु आफ्नै भवनमा भए पनि वडा नंं ८ को शहरी स्वास्थ्य केन्द्र र वडा नंं १ को स्वास्थ्य चौकीको भवन निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिइएको पनि प्रमुख डाँगीले बताउनुभयो ।


प्रकाशित | २७ चैत्र २०७९, सोमबार १९:००