एक महिनाभित्र फोहोर व्यवस्थापन बन्चरेडाँडामा

काठमाडौँ । एक महिनाभित्र काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ‘ल्यान्डफिल साइट’मा व्यवस्थापन हुने भएको छ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले भन्नुुभयो, ‘‘अबको एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिइसकेको छ, यो सम्भव छ ।’’ यस साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ । मन्त्री श्रेष्ठले गोरखापत्रसँग कुरा गर्दै […]

गम्भीर बिरामीको जीवन बचाउन ‘प्लाज्मा दान’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गर्नुभएको छ । केही समयअघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किनु भएका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफु प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुन्य काममा सहयोग गर्न अपिल […]

तिलिचो ताल धर्तीकै स्वर्गको टुक्रा, तत्कालै प्रवद्र्धन र पूर्वाधार विकासको कदम चाल्छुः मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा भएको बताउनुभएको छ । अन्नपूर्ण र मनास्लु हिम श्रृङ्खलाको काखमा रहेको मनाङ जिल्लाको भौगोलिक विविधता र प्रकृतिक सुन्दरताले भरिपूर्ण छ । उक्त स्थानको स्थलगत अवलोकनका क्रममा मन्त्री भट्टराईले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास गर्नुपर्ने आवश्यता रहेको […]

राष्ट्रपति नआएपछि नवदुर्गाको प्रसाद शितल निवास पठाइने

भक्तपुर । भक्तपुरबाट नवदुर्गाको प्रसाद राष्ट्रपति भवन शितल निवास पठाइने भएको छ । यसअघि कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुख नवदुर्गा भवानीको दर्शनका लागि भक्तपुर जाने चलन थियो । तर यसपाली कोरोना कहरका कारण राष्ट्रपति भण्डारी नवदुर्गाको दर्शनका लागि नगएका कारण प्रसाद पठाउन लागिएको हो । २०४५ सालपछि पहिलो पटक कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुख नवदुर्गा देवगणको दर्शन […]

नेपालमा २ हजार ५०८ जना कोरोना संक्रमित थपिए, १७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार […]

प्रधानमन्त्री ओलीसँग असन्तुष्ट अध्यक्ष प्रचण्ड ११ दिनपछि बालुवाटारमा, प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिनपछि भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार जानु भएको हो । मन्त्रिपरिषद् पुनर्गठन, राजदूतको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीसँग असन्तुष्ट हुनुभएको थियो । […]

एक महिनासम्म हुने आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजा शुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजाराधना आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको पूजा र आकाशदीप दान गरिन्छ । कार्तिक स्नानसहित एक महिनासम्म तुलसीको विशेष पूजा र आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने […]