तिलिचो ताल धर्तीकै स्वर्गको टुक्रा, तत्कालै प्रवद्र्धन र पूर्वाधार विकासको कदम चाल्छुः मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा भएको बताउनुभएको छ ।

अन्नपूर्ण र मनास्लु हिम श्रृङ्खलाको काखमा रहेको मनाङ जिल्लाको भौगोलिक विविधता र प्रकृतिक सुन्दरताले भरिपूर्ण छ । उक्त स्थानको स्थलगत अवलोकनका क्रममा मन्त्री भट्टराईले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास गर्नुपर्ने आवश्यता रहेको औंल्याउँदै तत्काल आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वकै अग्लो स्थानमा रहेक़ो मनांग जिल्लामा अवस्थित तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा हो । स्थलगत अबलोकनका क्रममा थप प्रवर्द्धन गर्नु पर्ने साथै पूर्वाधारको विस्तार गर्नु पर्ने महसुस भयो । यसमा तत्काल केहि कदम चालिने छ ।’

उहाँले हाल वर्षमा पाँच लाख केजी स्याउ बिक्रि गर्ने र केही वर्ष पछि केहि वर्ष पछि करिब २० लाख केजी उत्पादन र बिक्री गर्न सक्ने क्षमताको हिमालय स्याऊ फार्म र फ्यक्ट्रीको अवलोकन अनुकरणीय लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाल बर्षमा करिब ५ लाख केजी स्याऊ बिक्री गर्ने र केहि वर्ष पछि करिब २० लाख केजी उत्पादन र बिक्री गर्न सक्ने क्षमताको हिमालय स्याऊ फार्म र फ्यक्ट्रीको अवलोकन अनुकरणीय लाग्यो । माननीय पाल्तेन गुरूँगजीको नेतृत्वमा यो सबै भैरहेको कुरा सबैका लागि थप उत्साहको विषय हो ।

अनुगमनका क्रममा सांसद पाल्तेन गुरुङ, स्थानीय जनप्रतिनिधिहरू, नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीको डिएसपी, केसी गुरूँगलगायतको सहभागी रहेको थियो ।


प्रकाशित | १५ कार्तिक २०७७, शनिबार १९:२१