राष्ट्रपति नआएपछि नवदुर्गाको प्रसाद शितल निवास पठाइने

भक्तपुर । भक्तपुरबाट नवदुर्गाको प्रसाद राष्ट्रपति भवन शितल निवास पठाइने भएको छ । यसअघि कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुख नवदुर्गा भवानीको दर्शनका लागि भक्तपुर जाने चलन थियो । तर यसपाली कोरोना कहरका कारण राष्ट्रपति भण्डारी नवदुर्गाको दर्शनका लागि नगएका कारण प्रसाद पठाउन लागिएको हो ।

२०४५ सालपछि पहिलो पटक कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुख नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुर नआएको बनमालाले बताउनुभयो । राजातन्त्रको बेलामा राजा र गणतन्त्र स्थापनापछि राष्ट्रपति नवदुर्गाको दर्शनका लागि भक्तपुर जाने गरेका थिए ।


प्रकाशित | १५ कार्तिक २०७७, शनिबार १९:०२