ब्रिटेनका प्रधानमन्त्रीलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि

लन्डन /एजेन्सी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन्। ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको […]

भारत २१ दिनसम्म पूरै ‘लक डाउन’ गर्ने प्रधानमन्त्री मोदीको घोषणा

भारत: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीका नाममा सम्बोधन गर्दै आज राति १२ बजेदेखि देश २१ दिनका लागि लक डाउन गरिने घोषणा गरेका छन् । प्रधामन्त्री मोदीले आज दोश्रोपटक देशवासीका नाममा सम्बोधन गर्दै २१ दिनका लागि पूरै देश लक डाउन गरिएको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा भारत तथा भारतका नागरिकलाई बचाउनका लागि […]

स्पेनमा संकटकाल थप २ हप्ता लम्बिने, पछिल्लो २४ घण्टामा झण्डै ४ सयको मृत्यु

बसन्त रानाभाट/बार्सिलोना बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणका कारण स्पेनमा संकटकालको अबधि थप दुई हप्ता बढ्ने भएको छ। गत मार्च १४ देखि मुलुकमा संकटकालको घोषणा गर्दै कोरोना नियन्त्रणका केन्द्रित रहेको सरकारले “लकडाउन” को अबधि बढाउने भएको हो। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसले आईतबार टेलीकन्फेरेन्स मार्फत क्षेत्रीय नेताहरुलाई सो जानकारी गराएका हुन्। स्पेनको तल्लो सदनबाट अनुमोदित […]

कोरोनाबाट २४ घण्टामा १३ सय ६६ जनाको मृत्यु, ३१ हजार नयाँ संक्रमित

एजेन्सी /काठमाडौं  कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो १४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमध्ये सबैभन्दा बढी इटलीका नागरिक रहेका छन् । इटलीमा मात्र पछिल्लो २४ घन्टामा ६ सय २७ जनाको मृत्यु भएको छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट शनिबार बिहानसम्म २ लाख ७६ हजार […]

कोरोना भाइरसको संक्रमणबाट बौरिँदै चीन

काठमाडौं : डिसेम्बर अन्तिम सातादेखि कोरोना भाइरसको संक्रमणमा रहेका चिनियाँको जनजीवन बिस्तारै सामान्य बन्न थालेको छ। धेरै प्रान्त र सहरमा कलकारखाना पूर्ववत् सञ्चालन हुन थालेका छन्। किसान काममा फर्किएका छन्। केही प्रान्तमा शिक्षण संस्थामा पठनपाठन हुन थालेको छ भने पर्यटकीय स्थलमा पनि चहलपहल बढेको छ। तर पछिल्लो अवस्थामा कोरोना भाइरसका कारण चीनलाई चिन्तित बनाएको छ। […]

अमेरिकामा एकैदिनमा १९ को मृत्यु, ९८७ संक्रमित

न्यूयोर्क : अमेरिकामा कोरोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृत्यु भएको छ । अमेरिकामा अब मृतकको संख्या ८७ पुगेको छ । आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या ४६६७ पुगेको छ । अमेरिकामा सफल उपचार गरिएकाहरु ७४ जना छन् भने ४४९४ जनाको अवस्था सामान्य रहेको छ । १२ […]

स्पेनी प्रधानमन्त्रीकी पत्नीलाई कोरोना भाइरस

एजेन्सी : स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ । स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो । स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ । स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका […]