अमेरिकामा एकैदिनमा १९ को मृत्यु, ९८७ संक्रमित

न्यूयोर्क : अमेरिकामा कोरोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृत्यु भएको छ । अमेरिकामा अब मृतकको संख्या ८७ पुगेको छ । आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या ४६६७ पुगेको छ ।

अमेरिकामा सफल उपचार गरिएकाहरु ७४ जना छन् भने ४४९४ जनाको अवस्था सामान्य रहेको छ । १२ जनाको अवस्था भने गम्भिर रहेको जनाइएको छ ।

अमेरिकाका ४९ राज्य, वासिंटन डिसी, युएस भर्जिन आइल्याण्ड, पोर्तोरिकोमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । वेष्ट भर्जिनियामा अहिलेसम्म कसैमा संक्रमित भएको पुष्टी भएको छैन ।

न्युयोर्कमा ९५० संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ । न्युजर्सीमा १७८ संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । वासिंटन राज्यमा मृतकको संख्या ४० पुगेको छ ।


प्रकाशित | ४ चैत्र २०७६, मंगलवार २०:१२