कोरोनाबाट २४ घण्टामा १३ सय ६६ जनाको मृत्यु, ३१ हजार नयाँ संक्रमित

एजेन्सी /काठमाडौं 

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो १४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमध्ये सबैभन्दा बढी इटलीका नागरिक रहेका छन् । इटलीमा मात्र पछिल्लो २४ घन्टामा ६ सय २७ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट शनिबार बिहानसम्म २ लाख ७६ हजार संक्रमित भइसकेका छन् भने ११ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ९१ हजार उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । इटलीमा मात्र ४ हजार ३२ जनाको मृत्यु भएको छ भने इटलीपछि चीन दोस्रो स्थानमा छ । चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ ।

इटलीमा पछिल्लो २४ घन्टामा ६ हजार जनामा नयाँ संक्रमण भेटिएको छ । यो सँगै इटलीमा संक्रमितको संख्या ४७ हजार नाघेको छ ।

चीनमा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने ४१ जनामा नयाँ संक्रमण देखिएको छ ।

त्यस्तै स्पेनमा २ सय ६२, इरानमा १ सय ४९, फ्रान्समा ७८, अमेरिकामा ५४, बेलायतमा ३३, नेदरल्याण्डमा ३०, बेल्जियममा १६ जनाको मृत्यु भएको छ ।


प्रकाशित | ८ चैत्र २०७६, शनिबार ११:४४