स्थानीय तह निर्वाचन : कागेश्वरी मनोहरामा चुनावी रौनक बढ्दै

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा स्थानीय तह निर्वाचनमा रौनक बढ्दै गएको छ । उम्मेदवारी दर्तासँगै विभिन्न दलका उम्मेदवार मत आफ्नो पक्षमा पार्ने योजनामा लागेसँगै चुनावी सरगर्मी बढेको हो ।

स्थानीय तह निर्वाचनमा मत आफ्नो पक्षमा पार्न नेकपा एमालेका उम्मेदवारहरु आन्तरिक छलफलमा जुटेका छन् । एमालले शुक्रबार उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । कागेश्वरी मनोहरामा एमालले चर्चित स्थानीय नेता रामशरण ढुंगानालाई नगर प्रमुख उम्मेदवार बनाएको छ । नगरको उपप्रमुखमा राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील शान्ता थापालाई अघि सारेको छ ।

एमालेबाट वडा नम्बर १ को अध्यक्षमा निर्वमान वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेललाई दोहोर्याएको छ । वडा सदस्यमा कुमार लामा, कुमारध्वज खड्का, उजेली तामाङ, कविता सुनारलाई उम्ेदवार बनाएको छ ।

वडानम्बर २ को वडा अध्यक्षमा शिवराम बस्नेतले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । वडा सदस्यमा प्राणनाथ फुयाल, रामबहादुर खड्का, बिन्दु नगरकोटी र मन्जु सुनार उम्मेदवार बन्नु भएको छ ।

वडा नम्बर ३ को अध्यक्षमा राममणि पुडासैनी प्रतिस्पर्धामा उत्रिनु भएको छ । वडा सदस्यको लागि सुनकुमार नगरकोटी, राधाकृष्ण थापा, रमाकालिका पुडासैनी र गोमा लोहार चुनावी मैदानमा हुनुहुन्छ ।

वडा नम्बर ४ को अध्यक्षमा विजय श्रेष्ठ उठ्नु भएको छ । सदस्यमा भीमबहादुर सिंखडा, किरण पण्डित क्षेत्री, शारदा पौडेल र सविता नेपाली भिड्दै हुनुहुन्छ ।

वडा नम्बर ५ को अध्यक्षमा लेखनाथ पुडासैनीलाई उम्मेदवार बनाएको छ । सदस्यको लागि सुसान श्रेष्ठ, श्याममणि पुडासैनी, सरस्वती खनाल र गोमा रोका प्रतिस्पर्धामा उत्रिनु भएको छ ।

वडा नम्बर ६ को अध्यक्षमा उमेश अधिकारी भिड्नु भएको छ । सदस्यको लागि प्रकाश ढुंगेल, अमृत खड्का, रुपमती सापकोटा भण्डारी र सिम्रान मंग्रान्ती चुनावी मैदानमा हुनुहुन्छ ।

वडा नम्बर ७ निर्वमान वडा अध्यक्ष जीवन थापा पुनः उठ्नु भएको छ । यसअघि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी हुनु भएका थापा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेर उम्मेदवार बन्नु भएको हो । वडा सदस्यमा शम्भुप्रताप राणा, प्रभु भण्डारी, शोभा कार्की र श्रीबिना सार्की उम्मेदवार बन्नु भएको छ ।

वडा नम्बर ८ को अध्यक्षमा सुरेश चापागाई उठ्नु भएको छ । सदस्यको लागि विनय पण्डित, कुलराज सोङभाङफे, सुनिता खड्का लम्साल र गुणकेशरी श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।

वडा नम्बर ९ को अध्यक्षमा रामहरि गौतम उठ्नु भएको छ । वडा सदस्यको लागि राजेन्द्र थापा, मन्जु थापा , भगवती पाण्डे र सारा पुर्कोटी चुनावी मैदानमा हुनुहुन्छ ।


प्रकाशित | १७ बैशाख २०७९, शनिबार ०८:३३