गीतकार राईको ‘मेरो नसा नसामा यलम्बरको रगत छ’ बजारमा

काठमाडौं । गीतकार करुण पुमा राईको गीत “मेरो नसा नसामा यलम्बरको रगत छ” बजारमा आएको छ । किराँतीहरुको पहिचान र सभ्यता बोकेको यलम्बर राजाको बारेमा गीत तयार पारिएको छ । प्रकृतिलाई अंगाल्ने प्राकृतिक पुजक मुन्धुमको बारेमा लोप हुन लागेको किराँत सभ्यताको बारेमा गीत तयार पारिएको छ । गीतमा गयाक रुप कुमार राईको स्वर र संगित […]

रोशन धौभडेलको म्युजिक भिडियो ‘मन दुख्यो’ सार्वजनिक

काठमाडौं। कोरोनाका कारण बिश्व नै आक्रान्त भइराखेको बेलामा गायक रोशन धौभडेलको म्युजिक भिडियो “मन दुख्यो” वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा जुम मार्फत सार्वजनिक भएको छ । कोरप्रीउ अडियो भिडियो मिलको प्रस्तुति रहेको यो गीतको गीतकारमा उज्वल बस्नेत (अमेरिका), अबधारणा एबं निर्देशनमा सुशील चालिसे (अस्ट्रेलिया), गायन तथा संगीतमा रोशन धौभडेल (नेपाल) र छायांकन […]

मिस युनिभर्सको ताज मेक्सिको एन्ड्रियालाई

काठमाडौं । मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन् । अमेरिका, फ्लोरिडाको हार्ड रक होटल एन्ड क्यासिनोमा भएको मिस युनिभर्स प्रतियोगिताको ताज २६ वर्षीया मिस मेक्सिको एन्ड्रियाले पाएकी हुन् । आठ जनाको प्यानलले एन्ड्रियालाई मिस युनिभर्स घोषणा गरेका हुन् । विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै एन्ड्रिया ६९ औं मिस युनिभर्स बनेकी हुन्। […]

मिस यूनिभर्समा भोट गर्न अंशिका शर्माले गरिन् यस्तो अपिल

काठमाडौंं । मिस युनिभर्स प्रतियोगिताको ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी अंशिका शर्माले भोट गर्न सबैमा अपिल गर्नुभएको छ । यहि मे १६ तारिखका दिन हुन लागेको मिस यूनिभर्सका लागि अनलाईन भोटिङ खुल्ला भइसकेकाले आफूलाई भोट गर्न अंशिकाले अपिल गर्नुभएको हो । अंशिकाले भोट गर्नका लागि एम यू एप्समा गएर सहभागी हुन सकिने बताउँदै देश […]

६९ औं मिस यूनिभर्समा हिमाल आरोहीको स्वरुप झल्कने नेपाली पोशाक प्रदर्शन गरिने

काठमाडौँ । ६९ औं मिस यूनिभर्समा नेपालको तर्फबाट राष्ट्रिय पोशाक पर्वतारोहीको सम्झनामा समर्पित गरिने भएको छ । हरेक बर्ष विश्वभरबाट मानिसहरु हिमालका लागि नेपाल आउने गरेकोमा यस वर्ष भने मिस यूनिभर्सको माध्यमबाट हिमालहरुलाई विश्वमा चिनाइने भएको छ । मिस यूनिभर्स प्रतियोगिताको ६९औं संस्करणका लागि अंशिका शर्मा यसअघि नै अमेरिका प्रस्थान गरिसक्नु भएको छ । मिस […]

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौँ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार उहाँको न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र […]

मिस युनिवर्स प्रतियोगितामा भाग लिन अंशिका शर्मा अमेरिका प्रस्थान

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गर्नुभएको छ । मिस युनिवर्स प्रतियोगिताको लागि अंशिका अमेरिका प्रस्थान गर्नुभएको हो । मिस युनिवर्स यही मे १६ का दिन हलिवुड (फ्लोरिडा) को सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा हुँदैछ । वर्तमान विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको कारण अंशिका […]