नेपाली रक ब्यान्ड-आश्रा कुँवर एण्ड प्यारावल्स ब्यान्डले इजिप्टमा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौं – भ्वाइस अफ नेपाल सिजन-१ (क्वार्टर फाइनलिस्ट) आश्रा कुँवर र उनको ब्यान्ड आश्रा कुँवर एण्ड प्यारावल्स ब्यान्डले यस बर्ष २०२२ जनवरीमा बिश्व म्यूजिकल थिएटर इजिप्टमा (World Musical Theater, Sharm El sheikh, Egypt, 2022) नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। उक्त साङ्गीतिक कार्यक्रममा विभिन्न तीस भन्दा बढी देशको प्रतिनिधित्व गर्दै आएका संगीतकर्मीले आआफ्नो सांगीतिक कोशेली प्रस्तुति […]

प्रेमराजा महत र कृष्णजीवी पन्थको बन्दीपुरैमा सार्वजनीक (भिडियो)

काठमाडौं – वरिष्ठ लोकगायक प्रेमराजा महत र एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले बन्दीपुरैमा म्युजीक भिडियो सार्वजनीक भएको छ । महतको निर्देशन र पन्थको सहनिर्देशनमा सार्वजनीक भएको गीतमा बन्दूपुरको पर्यटन प्रबद्र्धनलाई जोड दिइएको छ । पन्थले आफू जन्मे हुर्केको ठाउँको पबद्र्धन गर्ने उद्देश्यले वरिष्ठ लोकलायक महतले निर्माण गर्नु भएको गीतलाई बजारमा ल्याउन सहयोगी भूमीका निर्वाह […]

मिस युनिभर्सको उपाधि सुजितालाई

काठमाडौँ  – ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छिन् । बस्नेतले पन्ध्रजना प्रतियोगीलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी थिइन् । कार्यक्रममा डा‍। केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा […]

डेलविस र राज सँग म्युजिक भिडियोमा देखिदै साम्राज्ञी

काठमाडौं । नेपाली चलचित्रकी स्टार अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ कलाकार देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग देखिने भएकी छन् । म्यूजिक भिडियोमा कमै देखिने अभिनेत्री शाह निर्माताद्वय दिनेश दर्शनधारी, यशोदा राईका पुत्र देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग स्क्रिन सेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्यूजिक […]

‘एउटा यस्तो प्रेम कहानी’ चलचित्रको निर्माण पक्षले भन्योः नि:शुल्क चलाउनुहोस् पैसा दिनु पर्दैन

काठमाडौं – नेपाली कथानक चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण टिमले चलचित्रलाई नि:शुल्क चलाउन हल सञ्चालकलाई आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणका कारण थलिएको नेपाली सिने क्षेत्रलाई चलायमान बनाउन गत बर्ष माघ १ गते अल नेपाल रिलीज भएको चलचित्र एउटा यस्तो प्रेम कहानी निशुल्क सञ्चालन गर्न आग्रह गरिएको निर्माण तथा अभिनेता शिव श्रेष्ठले बताउनुभयो […]

क्यानडाबाट रश्मीको ‘आमा’ सार्वजनिक (भिडियो )

काठमाडौं – क्यानडाबाट रश्मी काली थापाको गीत ‘आमा’ सार्वजनिक भएको छ । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको हो । गीतमा रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत छ । गीतकारका रुपमा रश्मीको यो पहिलो गीत हो । जीवन शाहीको निर्देशन […]

कोरोनाको असर : २८ वटा सिनेमा हल सधैंका लागि बन्द

काठमाडौँ । कोरोना महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधैका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म […]