मिस युनिभर्सको ताज मेक्सिको एन्ड्रियालाई

काठमाडौं । मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन् । अमेरिका, फ्लोरिडाको हार्ड रक होटल एन्ड क्यासिनोमा भएको मिस युनिभर्स प्रतियोगिताको ताज २६ वर्षीया मिस मेक्सिको एन्ड्रियाले पाएकी हुन् ।

आठ जनाको प्यानलले एन्ड्रियालाई मिस युनिभर्स घोषणा गरेका हुन् । विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै एन्ड्रिया ६९ औं मिस युनिभर्स बनेकी हुन्। उनी पेसाले सफ्टवेयर इन्जिनियर समेत हुन् । एन्ड्रिया मेक्सिकोबाट मिस युनिभर्स बन्ने तेस्रो महिला हुन् ।


प्रकाशित | ३ जेष्ठ २०७८, सोमबार १६:१९