ऋणमा डुबेको जेट एयरवेजका १६ हजार कर्मचारी तलबविहीन

काठमाडौं : ऋणमा डुबेको जेट एयरवेज कम्पनी आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिन नसक्ने भएको छ । कम्पनी लगातार यो स्थितिको समाधान गर्ने प्रयासमा लागिपरेको छ । नागरिक उड्डयान मन्त्री सुरेश प्रभुले भन्नुभएको छ, ‘यो मामिला बैंक तथा व्यवस्थापनबीचको हो । मन्त्रालयले यो विषयमा कुनै पनि किसिमको कुनै डिल गर्नेछैन् ।’

जेट एयरवेजका अधिकारी राहुल तनेजाले भन्नुभएको छ, ‘जेट एयरवेज व्यवस्थापन कम्पनीको राम्रो सञ्चालन तथा स्थिर भविष्यका लागि काम गरिरहेको छ । यसका लागि काम गरिरहेको छ । यसका लागि केही संस्थान तथा कर्जा दिनेसँग पनि सम्पर्क गरिरहेका छौँ । यद्यपि यस किसिमको समस्याको हल गर्नका लागि अपेक्षाभन्दा बढी समय लाग्न सक्छ । हामी लगातार यसलाई ठिक गर्ने प्रयासमा लागिपरेका छौँ । वर्तमान अवस्थामा मार्च २०१९ सम्म तलब दिन सकिँदैन् ।’ यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार १०:००