काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारप्रति असन्तुष्ट जनाउनुभएको छ । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई अलोकप्रिय सरकारको भूंग्रोमा परेको टिप्पणी गर्नुभएको हो ।
सामाजिक सञ्जालमा मन्त्री भट्टराईलाई बधाई दिने क्रममा झाँक्रीले ओली नेतृत्वको सरकार अलोकप्रियताको भुंग्रोमा रहेको बताउनुभएको हो । उहाँले बधाइ दिदै भन्नुभएको छ, ‘सरकार आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो । जसको कारण योगेश दाईलाई मन्त्री बनाईयो । सरकार अलोकप्रियताको भूंग्रोमा छ। दाई त्यही भूंग्रोमा पर्नु भयो अहिले। मेरो आमा भन्नु हुन्थ्यो, जुन भूंग्रोमा परे पनि निस्कनुपर्छ ।’ हिजो मात्र प्रधानमन्त्री ओलीले रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई नियुक्त गर्नुभएको थियो ।
प्रकाशित | १६ श्रावण २०७६, बिहीबार १५:५१