गैर आवासिय नेपाली संघद्धारा कैलालीका हावाहुरी पीडितलाई पाच लाख राहत सहयोग

काठमाडौं: गैरआवासिय नेपाली संघले कैलालीका हावाहुरी पीडितलाई पाच लाख रुपैयाँ तत्काल राहत सहयोग धनगढी उपमहानगर पालिका मार्फत बितरण गर्न हस्तान्तरण गरेको छ । संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार गत हप्ता कैलाली कञ्चनपुरमा आएको हुरी आधी बाट सबै भन्दा प्रभावित धनगढी क्षेत्रमा उपमहानगर पालिकाको अनुरोधमा तत्काल खास पीडितलाई आबश्यक सहयोग पुर्याउन उक्त सहयोग पठाइएको हो ।

संघले थप सहयोगका लागि यस अघि आफ्ना सबै शाखाहरुलाई राहत सहयोग जुटाउन अनुरोध गरि सकेको छ । धनगढी उपमहानगर पालिकाका मेयर नृप ओडले संघलाई पीडितका लागि सहयोग पठाएकोमा आभार व्यक्त गर्दै रकम वास्तविक पीडित सम्म पुग्ने र यसको विवरण संघलाई जानकारी गराउने बताउनुभयो ।


प्रकाशित | ४ असार २०७६, बुधबार १७:३२