एनआरएनएमा यसकारण सोनाम लामा

किरण बुढाथोकी

 सन २००९ मा एनआरएनए आइसिसी सदस्य भएर एनआरएन अभियानमा होमिनु भएको सोनाम लामा अहिले एनआरएनको एक अभियन्ता हुनुहुन्छ । । एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय सहसंयोजक डिआरसी हुँदै संयोजक (आरसी ) पद्को जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएको लामा अघिल्लो एनआरएनको आठौ महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार समेत हुनुहुन्थ्यो । एनआरएन आइसिसीको भूतपूर्व अध्यक्ष देवमान हिराचनदेखि जीवा लामिछाने र शेष घलेसँग निकै निकट भएर काम गर्नुभएको लामाको एनआरएनमा ठूलो योगदान छ । विशेष गरि एनआरएन भवन, लाप्राक पोजेक्टमा उहाँले करोडौ सहयोग गर्नुभएको छ । हाल एनआरएनको कुनै भुमिकामा नरहे पनि लामाको सामाजीक सेवा गर्ने बाटो भने रोकिएको छैन ।

गैर आवासीय नेपाली अभियानसँगै समाजसेवामा लाग्दै आउनुभएको लामा कम बोल्ने स्वभावको भएकै कारण धेरैजसोलाई एनआरएनमा उहाँले पुर्याउनु भएको योगदान बारेमा जानकारी नहुन पनि सक्छ । किनकी लामा प्रचार प्रसारमा खासै रुची राख्नु हुन्न । बोलेर होइन काम गरेर देखाउनुुपर्छ भन्ने भावना राख्ने लामाले पछिल्लो समय एनआरएनले गर्व गर्न लायक काम गरेर सबैलाई गतिलो पाठ पनि सिकाइरहनु भएको छ । साथै एनआरएनले गफ मात्र गर्छन, काम गर्दैनन् भन्ने भ्रमलाई चिर्न समेत लामा सफल हुनुभएको छ । एनआरएन अभियानमा सोनाम लामा को हो ? उहाँको योगदान अहिले सम्म के कस्तो रह्यो ? एनआरएनमा लामा नै किन आवश्यक ब्यक्ती हुनुहुन्छ ? भन्ने विषयमा चर्चा भइरहँदा लामाको योगदानलाई र अहिलेसम्म संस्थामा गर्नुभएको काम तथा सामाजीक कार्यलाई बुँदागत रुपमा विश्लेषणा गर्ने प्रयास गरिएको छ ।

१.नेपाली नागरिकताको निरन्तरता

गैर आावासीय नेपालीको मुख्य एजेन्डा नेपाली नागरिकताको निरन्तरता हो । लामो समयदेखि सघर्षप्रश्चात संविधानमा गैर आवासीय नेपालीलाई नेपाली नागरिकता दिने विषयमा स्पष्ट उल्लेख भएको छ । अब एनआरएनको मुख्य मृद्दा कार्यान्वयनको चरणमा छ । तर नेपाली नागरिकताको निरन्तरता कसरी सम्भव भयो त ? यसमा अग्रजहरुको के योगदान रह्रयो त ? भन्ने विषयमा बहस हुन जरुरी छ । विशेष गरि नेपाली नागरिकताको निरन्तरताको मुद्धा सशक्त ढंगले सन् २००९ देखि उठाइन थालीएको हो । त्यो बेला तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसँग एनआरएन अभियन्ताले नेपाली नागरिकताको निरन्तरताको विषयमा ठूलो बहश र छलफल गर्नुभएको थियो । त्यसताका प्रधानमन्त्रीदेखि देशका हरेक राजनीतिक दलका नेताहरुमा नागरिकताको सवालमा भ्रम थियो । त्यो बेला एनआरएनएको तत्कालीन अध्यक्ष देवमान हिराचन हुनुहुन्थ्यो । हिराचन नेतृत्वमा हुँदा लामा आइसिसी सदस्य हुनुुहुन्थ्यो । त्यसताका आइसिसी सदस्य भएर पनि नेपाली नागरिकताको निरन्तरताको विषयमा लामाले निकै सघर्ष गर्नुभएको थियो ।

नेपाली नागरिकताको निरन्तरताको लागि लामा जोडतोडका साथ आवाज उठाउने मध्येको अग्रपक्तीमा पर्नुहुन्छ । लामाले तत्कालीन अध्यक्ष देवमान हिराचनदेखि पूर्व अध्यक्षद्धय जीवा लामिछाने र शेष घले नेतृत्वसँगै मिलेर नागरिकता निरन्तरताको विषयमा आवाज उठाउनुभएको थियो । वास्तावमा शेष घले नेतृत्वमा नागरिकताको सवालमा सम्पूर्ण भूमिका लामाले नै निर्वाह गर्नुभएको थियो । लामो समयदेखिको सघर्ष, मिहेनत र सरकारी तथा राजनीतिक दलका नेतासम्मलाई निरन्तर दबाब सृजना गरेको कारण संविधानमा गैर आवासीय नेपालीलाई नागरिकता दिलाउने विषयमा संविधानमा लेखाउन सफल भएको लामा बताउनुहुन्छ । अब संविधानमा नै स्पष्ट रुपमा राजनीतिक अधिकार बाहेकको नागरिकता प्रदान गर्ने कुरा उल्लेख भइसकेकाले कसैले पनि पनि यो अधिकार खोस्न नसक्ने लामा बताउनुहुन्छ । यथपी पहल कदमी चाल्न भने छाड्न नहुने उहाँको जोड छ । अझै पनि गैर आवासीय नेपालीको जग्गा जमिन, सम्पत्तिको संरक्षण हुने गरि सरकारलाई दबाब दिन आवश्यक छ । त्यसका लागि अब आउँने एनआरएनको नेतृत्व र नेतृत्व तहमा आउने ब्यक्तीहरु भिजन भएको, एनआरएनभित्र योगदान गरेको, राम्रा, योग्य र सक्षम भए मात्र यो विषय उठाउन सकिने लामा बताउनुहुन्छ ।

२.. लाप्राक प्रोजेक्ट

२०७२ सालमा आएको महाविनाशकारी भूकम्पपछि गोरखाको लाप्रामा एनआरएनले नमूना बस्ती निर्माण थाल्यो । गैर आवासीय नेपाली संघले लाप्राकबासीलाई आवास बनाइदिने जिम्मेवारी लिएर नेपाल सरकारसँग सम्झौता गर्यो । त्यस बेला एनआरएनमा तत्कालीन अध्यक्ष शेष घले हुनुहुन्थ्यो । घले नेतृत्वमा रहँदा लामा एनआरएनए अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकको जिम्मेवारीमा हुनुहुन्थ्यो । संयोजकको जिम्मेवारीमा रहे पनि लामा शेष घलेसँगै आइसिसीका हरेक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । त्यो बेला अमेरिकाबाट लाप्राक प्रोजेक्टको लागि करोडौ सहयोग जुटाउन लामा सफल हुनुुभएको थियो । लामाकै नेतृत्वमा लाप्राक प्रोजेक्टको लागि अहिलेसमकै सबैभन्दा ठूलो सहयोग संकलन भएको थियो । लामाले एनआरएनमा देखाउनुभएको निस्वार्थ सेवाभाव र आर्थिक पारदर्शीताका कारण करोडौ रकम संकलन गरेर लाप्राक प्रोजेक्टमा सहयोग गर्न सफल हुनुभयो । अमेरिकाज् क्षेत्रबाट सबैभन्दा धेरै आर्थिक सहयोग संकलन गरेर रेकर्ड समेत राख्न सफल हुनुभएको थियो ।

लाप्राकमा आर्थिक सहयोग मात्र नभई लामाले लाप्राक बस्ती पुनः निर्माणको लागि कयौ रात लाप्राकमै बिताउनुभएको छ । लाप्राकमा शेष घले सँगै कयौ रात बिताएर गरेको श्रमदान अहिले पनि स्मरणमा ताजै छ । संस्थाको काममा कयौ रात लाप्राकमा बिताएको, कयौ पटक लाप्राक पुग्दा र भोलेन्टर लैजादा सबै खर्च आफै बेहोर्ने गर्नुहुन्थ्यो । जस्तो, यातायात, खाना, खाजा खर्च सबै पकेटबाटै ब्यर्होने गर्नुहुन्थ्यो । लाप्राक प्रोजेक्ट निर्माणमा एनआरएन अभियन्ता त्रिलोक गुरुङको पनि ठूलो योगदान छ । लाप्राकमा सहयोगको हिसावले करोडौ रकम त छदै छ त्यही माथी लाप्राकमा खर्च भएको समय हिसाव गरेर साध्य छैन । यस मानेमा लाप्राक नमूना बस्ती निर्माणमा लामाको योगदान सबैभन्दा ठूलो छ भन्दा फरक पदैन ।

३. एनआरएन भवन

एनआरएनए स्थापना भएको दसकौ बित्तीसक्दा पनि एनआरएनए झोलामा सिमित थियो । विश्वभरी बस्ने गैर आवासीय नेपालीको साझा संस्था भनीरहँदा आफनै भवन, कार्यालय नहुँदा एनआरएनले खासै पहिचान बनाउन सकेको थिएन । विशेष गरि ८० लाख नेपालीको संस्था भए एनआरएनए आफैमा गर्व गर्न लायक थिएन । किनकी संस्था स्थापनाको लामो समयसम्म आधिकारिक भवन नहुँदा संस्थाप्रति कम चासो र विश्वसनीयता कम थियो । जतीबेला लामा अमेरिकाज् क्षेत्रीय संयोजक हुनुहुन्थ्यो । त्यस बेला एनआरएनमा तत्कालीन अध्यक्ष शेष घले हुनुहुन्थ्यो । लामा घलेको निकट ब्यक्ती हुनुहुन्थ्यो । घलेसँग अती निकट भएर काम गर्नुभएको लामाको एनआरएनको आफनै भवन निर्माणमा सबैभन्दा ठूलो योगदान छ । भवन निर्माणको लागि समेत अमेरिकाबाट लामाले करोडौ आर्थिक सहयोग संकलन गर्न सफल हुनुभएको थियो । अन्य क्षेत्रभन्दा सबैभन्दा बढी आर्थिक संकलन गरेर लामाले रेकर्ड नै राख्न सफल हुनुभएको थियो ।

‘एनआरएनएले आफै भवन पाउँदा अहिले हरेक गैर आवासीय नेपालीले भाग्यमानी महसुस गर्ने गरेका छन्’, लामा भन्नुहुन्छ, ‘जसले गर्दा एनआरएनको उचाई थप बढेको छ ।’  तर, लामा भवनको विषयमा आइरहने गलत प्रचार र भ्रमको पछि नलाग्न आग्रह गर्नुहुन्छ । किनकी आफूले सही र राम्रो काम गरेकाले साना तीना भ्रम र गलत प्रचारले कुनै अर्थ नराख्ने लामा बताउनुहुन्छ । ‘आफू इमानदार हुनुपर्यो, सबैभन्दा ठूलो कुरा नै त्यही हो, कसले के भन्छ भन्ने कुराले खासै अर्थ राख्दैन् । भवन र जग्गाको विषयमा एनआरएन कानूनी हिसावबाट माथि भएकाले एनआरएनलाई कुनै समस्या छैन’, लामा भन्नुहुन्छ ।

४. सामाजीक कार्यमा सोनाम लामा

क) भूकम्प

२०७२ सालमा आएको महाविनाशकारी भूकम्पमा लामाले भूकम्प प्रभावीत क्षेत्रमा पुगेर राहत वितरण गर्ने, विभिन्न शिविर सञ्चालन गर्ने कार्यमा उत्तीकै सक्रिय भूमिका निर्वाह गर्नुभयो । आफू एनआएन अभियन्ता मात्र नभई हरेक नेपालीलाई दुख पर्दा सेवा गर्नुपर्छ भन्ने भावनाले लामाले लाखौ रकम वरावरको राहत वितरण गर्न सफल हुनुभएको थियो ।

ख) नाकाबन्दी

भारतले भूकम्पपछि लगाएको नाकाबन्दीले नेपाली जनता आक्रान्त थिए, जतिबेला लामा नेपालमा आएर नाकाबन्दी पीडित जनताहरुलाई पनि सहयोग गर्नुभएको थियो । त्यो बेला विभिन्न ठाउँमा पुगेर खाद्यन्नको सामाग्री वितरण गर्ने कार्यमा लामाको महत्वपूर्ण योगदान छ ।

ग) बाढी÷डुवान

तराईमा आएको बाढी तथा डुवानमा लामाले ठूलो सहयोग गर्नुभएको छ । आफै ब्यक्तीगत रुपमा पुगेर होस वा विभिन्न संघसंस्थामार्फत होस उहाँले ठूलो सहयोग गर्नुभएको छ । एनआरएनको पदमा होस वा नहोस जुनसुकै बेला पनि लामा यस्ता सामाजीक कार्यमा जुट्नुहुन्छ । जस्तो बारा र पर्सामा गत बैशाखमा आएको हावाहुरीले तहसनहस पारेको थियो । हजारौको बिल्लीबाड बनाएको थियो । जतिबेला लामाले हावाहुरी प्रभावीत क्षेत्रमा पुगेर राहत वितरण गर्नुभयो । बोलीमा नभई कामलाई पहिलो प्राथमिकता दिने लामा एनआरएन अभियन्तामध्ये अग्रस्थानमा हुनुहुन्छ । अमेरिकामा बसेर पनि नेपालको हरेक प्राकृतिक विपत्तिमा लामाले निस्वार्थ हिसावले सेवाभावले काम गर्दै आउनुभए पनि कहिल्यै सामाजीक सञ्जालमा यस्ता कुरालाई स्थान दिनुभएन । नत मिडियामा लैजान नै रुचाउनुभयो । सामाजीक सेवा गर्ने मान्छेले निस्वार्थ हिसावले गर्ने हो, कुनै प्रचार र देखावटीको लागि होइन भन्ने लामाको विचार छ ।

घ) शिक्षा, स्वास्थ्य क्षेत्र

लामाले विशेष गरि हिमाली क्षेत्रका बालबालीकाको शिक्षा क्षेत्रमा धेरै सहयोग गर्नुभएको छ । हिमाली क्षेत्रमा शिक्षा क्षेत्रमा पछाडि परेका केहि बालबालीकालाई सबै खर्च बेहोरेर लामाले काठमाडौंलगायत विभिन्न विद्यालयमा पठनपाठनमा समेत सहयोग गर्नुभएको छ । बालबालीकालाई उच्च शिक्षाको अवसर दिलाउने कार्यमा लामाको ठूलो सहयोग छ । साथै, आर्थिक अभावले स्वास्थ्यउपचार गर्न नसकेर अकालमा मृत्यवरण गर्नुपर्ने अवस्थामा पुगेकालाई उपचारमा सहयोग पुर्याउँदै आउनुभएको छ । विशेष गरि विभिन्न ठाउँमा स्वास्थ्य शिविर आयोजना गर्दै स्वास्थ्य क्षेत्रमा पनि लामाले सहयोग गर्नुभएको छ ।

५. मुक्तीनाथमा करोडौ लगानीमा बुद्धको मूर्ति निमार्ण

लामाले मुस्ताङको मुक्तीनाथ मन्दिर परिसरभित्र आफैले करोडौ रुपैयाँ खर्चेर मन्दिर परिसरको मुहारमा परिर्वतन ल्याउनुभएको छ । लामा विगत पाँच वर्षदेखि मन्दिर परिसरलाई चम्काउने अभियानमा अह्रोरात्र जुट्दै आउनुभएको छ । आफनो ब्यक्तीगत खर्चमा लामाले मन्दिर परिसरभित्रको करिब ६ रोपनी क्षेत्रफलमा बुद्धको ३५ फिटको मूर्ति निर्माण गर्नुभएको हो । मन्दिर परिसरमा बुद्ध मूर्तिसँगै पार्क पनि बनाइएको छ । मूर्तिबाट अगाडि धौलागिरी हिमाल र बायाँ साइटबाट निलगिरी हिमाल देखिने गरि मनोरम दृश्यले सबैलाई लोम्याउँछ । साथै सो ठाउँबाट हिमालको मनोरम दृश्य देखीने गरि तस्विर कैद गर्न सक्ने गरि संरचना बनाइएको छ । लामाले स्वीकृत लिनुभएको करिब ६ रोपनी क्षेत्रफलभित्र झरना, बगैचा, ११ वटा ढुंगे पानी धारा, पाँच वटा स्तुपा बनाइएको छ । लामाले सो स्तुपा आफना परिवारको नाममा बनाउनुभएको छ । आफू, धर्मपत्नी, एक छोरा र दुई छोरीको नाममा पाँच वटा स्तुपा निर्माण गरिएको छ ।

क) ‘भिजीट नेपाल २०२०’ लाई सघाउ

लामाले मुक्तीनाथ मन्दिर परिसरभित्र खडा गर्नुभएको बुद्धको मूर्ति निर्माणले यस क्षेत्रको धार्मिक पर्यटनमा ठूलो टेवा पुगेको छ । मुक्तीनाथ मन्दिर भन्ने बित्तिकै हिन्दू धर्मालम्बीहरु मात्र पुग्ने गर्छन भन्ने भ्रमलाई चिर्न सफल हुनुभएको छ । लामाले विशेष गरि ‘लुम्बिनी टू मुक्तीनाथ’ को अवधारण लिएर सो मूर्ति निर्माण गर्नुभएको हो । यसले नेपालको धार्मिक पर्यटनमा ठूलो टेवा पुगेको छ । पछिल्लो समय मुक्तीनाथमा हिन्दु मात्र नभई बौद्ध धर्मालम्बीहरुको संख्या पनि निकै बढेको छ । बुद्धको मूर्ति निर्माण भएसँगै धार्मिक पर्यटन विस्तारमा निकै सहयोग पुगेको हो । साथै लामाले आफू जन्मेको मुस्ताङमा होटलहरु समेत सञ्चालन गर्दैहुनुहुन्छ । नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष मनाइरहँदा लामाले काठमाडौंको ठमेलमा एक वटा र मुस्ताङमा एक वटा होटल सञ्चालनमा ल्याएर पर्यटन वर्षलाई सघाउ पुर्याउँने योजना बनानउनुभएको छ ।

६. एनआरएन र आगामी निर्वाचन

लामाले अहिलेसम्म एनआरएनमा गरेको योगदान, उठाएको मुद्दा र हासिल गरेको अनुभवको आधारमा नेतृत्वमा दावी गर्नेभन्दा कम हुनुहुन्न । यथपी संस्था भएकाले सबैले नेतृत्व गर्ने अवसर पाउनुपर्छ भन्ने भावना राख्नुहुने लामा आगामी नवौ महाधिवेशनमा भिजन भएको, एनआरएनभित्र योगदान गरेको, राम्रो र काम गर्न सक्ने ब्यक्तीहरु आउनुपर्नेममा जोड दिनुहुन्छ । एनआरएनका संस्थापक अध्यक्षदेखि पूर्वअध्यक्ष तथा वर्तमान पदाधिकारीहरु अधिकांश जसोले वर्तमान नेतृत्व तहमा लामालाई छुटाउन नहुने बताइरहनु भएको छ । लामालाई आगामी नेतृत्व तहमा कुनै पनि हालतमा छुटाउन नहुने भन्दै अभियन्ताहरुले नेतृत्व तहमा आउन दबाब दिइरहनु भएको छ । लामा एनआरएनमा भिजन भएको, एनआरएनभित्र योगदान गरेको र राम्रो ब्यक्ती आएमा उपाध्यक्षमा उम्मेदवारी दिने मनसायमा हुनुहुन्छ ।

लामा भन्नुहुन्छ, ‘एनआरएनमा नामको लागि मात्र जाने होइन, त्यहाँ जाने भनेको ८० लाख गैर आवासीय नेपालीको प्रतिनिधित्व गर्दै जाने हो,अर्थात काम गर्न जाने हो । तर काम गर्नको लागि राम्रा ब्यक्तीहरुको टिम आवश्यक पर्छ । यदी राम्रा र काम गर्न सक्ने ब्यक्तीहरुको टिम बनेमा मात्र एनआरएनमा जान सकिन्छ । नत्र त्यहाँ एक्लै गएर केहि काम गर्न सकिंदैन भन्ने लामाको विचार छ । लामालाई सबैतीरबाट उपाध्यक्षमा उम्मेदवारी दिन दबाब छ । यद्यपी लामाले भने राम्रो र काम गर्न सक्ने ब्यक्तीहरुको टिम बनेमा मात्र उपाध्यक्षमा जाने मनसाय बनाउनु भएको हो । लामा आगामी नेतृत्वको लागि एनआरएनमा ठूलो चुनौती रहेको भन्दै एनआरएनको गरिमालाई कायम गर्न सक्ने, योगदान गरेको ब्यक्तीहरुलाई समेटीनु पर्नेमा जोड दिनुहुन्छ । ‘

माथि प्रस्तुत विचार लेखकको निजी विचार हुन ।


प्रकाशित | ४ भाद्र २०७६, बुधबार २२:३६