उपाधिका लागि इंग्ल्यान्ड र इटालीको रोमाञ्चक भिडन्त हुदैँ


एजेन्सी । १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
१६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज ९आइतबार राति हुँदैछ । फाइनल खेल राति १२:४५ बजे सुरु हुनेछ ।

वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२स्४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।

इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो भने इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ गोल अन्तरले पराजित गरेको थियो ।इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटाली हाबी हुँदै आईरहेको छ ।

इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ । इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ ।


प्रकाशित | २७ असार २०७८, आईतवार २१:३०