सौर्य एयरलाइन्सले २ अर्ब लगानीमा नयाँ ‘एटीआर जहाज’ भित्र्याउँदै

काठमाडौं : सौर्य एयरलाइन्सले नयाँ जहाज भित्र्याउने भएको छ । आगामी भदौभित्र नयाँ जहाज भित्र्याउने तयारी एयरलाइन्सको छ । भारतीय लगानीकर्ताको प्रवेशसँगै नयाँ जहाज ल्याउने तयारी भएको हो । केही महिनाअघि मात्र भारतीय लगानीकर्ता कुबेर ग्रुपले सौर्य खरिद गरेको थियो । सौर्यले करिब २ अर्ब लगानीमा नयाँ एटीआर जहाज ल्याउन लागेको जनाएको छ।

सौर्य एयरलाइन्सका बजार प्रमुख मुकेश खनालका अनुसार ७२ सिट क्षमता भएको नयाँ जहाज हाल फ्रान्समा निर्माण भइरहेको छ । हाल सौर्यले नयाँ लगानीकर्ताहरुको सेयर हस्तान्तरणका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा आवश्यक कागजपत्र पेस गरिसकेको जनाएको छ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार २०:०२