काठमाडौं : सरकारले गुठी विधेयक फिर्ता लिएपनि यसको विरोधमा राजधानीमा विशाल प्रदर्शन भएको छ । सरकारले मंगलबार नै सो विधेयक फीर्ता लिने घोषणा गरिसकेको छ । यथपी गुठीसँग सरोकारवालाहरुले आन्दोलन जारी राखेका छन्।
उनीहरुले गुठी विधेयक खारेजीको माग गर्दै राजधानीका विभिन्न ठाउँबाट र्याली निकाल्दै विशाल प्रदर्शन गरेका हुन । विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा जारी छ ।
प्रकाशित | ४ असार २०७६, बुधबार १२:४१