साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं– प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार विहान निधन भएको छ ।

इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मीनु भएको शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो ।

शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित हुनुन्थ्यो। उहाँ मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पीडित हुनुन्थ्यो।

शर्मा नेपाली साहित्यमा नियात्रा विधाका संस्थापक, निबन्धकार, कथाकार, उपन्यासकार, समालोचकका रुपमा परिचित हुनुन्छ ।

अंग्रेजी भाषमा विद्यावारिधी गर्नुभएको  शर्माका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उहाँको पहिलो कृति ‘घोत्ल्याइँहरु’ २०२१ सालमा प्रकाशन भएको थियो । उहाँले ‘बेलाइततिर बरालिँदा’ पुस्तकबाट २०२६ सालमा मदन पुरस्कार पाउनुभएको थियो । निबन्ध संग्रहमा मदन पुरस्कार पाउने ‘बेलाइततिर बरालिँदा’ पहिलो पुस्तक हो ।

शर्माले २०२९ सालमा ‘सम र समका कृति’ लागि साझा पुरस्कार पाउनुभएको थियो । २०२३ सालमा रत्नश्री स्वर्णपदक पाउनुभएको उहाँ २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्क लेखन पुस्करबाट पनि सम्मानित हुनुभएको थियो । मंगलबार अपरान्ह्र पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिने परिवार निकट स्रोतले जनाएको छ ।


प्रकाशित | ३ फाल्गुन २०७८, मंगलवार १३:१३