एनआरएनएको कोरोना कोषमा राष्ट्रिय समन्वय परिषद् कतारको ९ लाख सहयोग

दोहा– गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्ले खडा गरेको कोभिड–१९ कोषमा राष्ट्रिय समन्वय परिषद् कतारले ९ लाख नेपाली रपैयाँ जम्मा गरेको छ ।

कोरोना भाइरसका कारण जनजिवन अस्तव्यस्त भइरहेको अवस्थामा थोरै भएपनि राहत पुर्याउने उदेश्यले सो रकम जम्मा गरिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिनुभयो ।

विगत एक वर्षदेखी विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल पनि पछिल्लो समय आक्रान्त बनिरहेको छ ।

कोरोनाका कारण विशेषगरी न्यून वर्गको रोजीरोटी नै गुमीरहेको अवस्थामा सो रकमले सहयोग पुर्याउने अध्यक्ष मुसलमानले विश्वास व्यक्त गर्नुभयो । हाल कोषमा विभिन्न एनसिसीहरुले सहयोग रकम जम्मा गरिरहेका छन् ।

विपद्को समयमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिदैं अध्यक्ष मुसलमानले सहयोगी मनहरुप्रति आभार प्रकट गर्नुभएको थियो ।

एनसिसी कतारले कोभिड महामारीको शूरुवात देखिनै कतारमा रहेका नेपालीलाई राहत वितरण तथा उद्धारको कार्य गर्दै आएको छ ।


प्रकाशित | २९ मंसिर २०७७, सोमबार ०९:५५