वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा सरोज पोखरेल मनोनीत

काठमाडौं:  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा सरोज कुमार पाेखरेल मनाेनीत !! काठमाडौं: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा सरोज कुमार पाेखरेल मनोनीत हुनुभएको छ । संघका निवर्तमान महासचिव नरेश गेलालले राजीनामा दिनुभएपछि संघको कार्यसमिति बैठकले रिक्त स्थानमा पाेखरेललाई महासचिव पदमा मनोनीत गरेको हो । विगतदेखि नै ब्यववसायीक सवालमा पहलकदमी लिंदै आउनुभएका पाेखरेल महासचिवमा मनोनीत भएसँगै आगामी निर्वाचनमा नेतृत्वमा आउनको लागि बाटो खुला भएको छ । संघको विधान अनुसार अध्यक्षमा चुनाव लड्नको लागि एक कार्यकाल पदाधिकारी हुनुपर्दछ । त्यसैले पाेखरेललाई सम्भावीत अध्यक्षको उम्मेदवारको रुपमा समेत हेरिन थालीएको छ ।

संघको जटिल परिस्थितिमा पाेखरेलको आगमनलाई सबैले निकै चासोका साथ हेरेका छन । २०५९ सालदेखि वैदेशिक रोजगार ब्यवसायमा आबद्ध हुँदै आउनुभएको पाेखरेल संघको कार्यसमिति सदस्य हुँदै तीन पटक सम्म संघकाे सल्लाहकार समेत भइसक्नु भएको छ । २०६५ सालमा स्थापित तत्कालीन एमाले सम्बद्ध प्रगतीशील वैदेशिक रोजगार ब्यवसायी मञ्चको वहाँ संस्थापक अध्यक्ष हुनुहुन्छ । प्रगतिशील बैदेशिक राेजगार ब्यवसायी मञ्चको तर्फबाट महासचिवमा बिजयी गेलाललाई राजीनामा दिन लगाएर पाेखरेललाई महासचिवको जिम्मेवारी दिंदै आगामी नेतृत्वको लागि तयार गरेको समेत बुझिएको छ ।

एक पटक नेतृत्वको लागि चुनावमा लडेर झिनो मतान्तरले पराजय भोग्नु भएको पाेखरेलले गत निर्वाचनमा मञ्चको तर्फबाट रोहन गुरुङलाई अध्यक्षमा जिताउने अभियानको क्रममा निर्वाचन प्रचार प्रसार मूल ब्यबस्थापन समिति काे संयोजककाे जिम्मेवारी निर्वाह गर्नु भएकाे थियाे। अध्यक्ष गुरुङ सहितकाे टिमलाई दुई तिहाई स्थानका साथ संघमा जिताउन उहाँको ठूलो योगदान रहेको थियो । त्यस्तै, संघले आगामी निर्वाचन असार २७ गते गर्ने निर्णय गरिसकेको छ ।


प्रकाशित | ३ असार २०७६, मंगलवार २१:३७