एनआरएनको ओसेनिया क्षेत्रीय सम्मेलनमा सहभागि हुन उपाध्यक्ष पन्त अष्ट्रेलिया प्रस्थान

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलनमा भाग लिन उपाध्यक्ष कुमार पन्त त्यसतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलन यही वैशाख २८ र २९ गते ( मे ११ र १२) अष्ट्रेलियाको सिड्नीमा हुँदैछ । जसको लागि एनआरएन उपाध्यक्ष कुमार पन्त शनिबार जर्मनीबाट सिड्नी प्रस्थान गर्नुभएको हो ।

सम्मेलनमा पन्तले चैत दोस्रो साता लगानी सम्मेलनमा नेपाल सरकारसँग हस्ताक्षरित सम्झौता अनुसार कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । उपाध्यक्ष पन्तका अनुसार कार्यपत्रमा १० अर्ब लगानीको आधार, यसको मेकानिजम, प्रतिफलको ग्यारेण्टीलगायतका विषय समेटिनेछ । लगानी सम्मेलनका क्रममा एनआरएनले सरकारसँग नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी समझदारी गरेको थियो ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १७:०९