एनआरएनए कोरोना कोषमा एसी शेर्पाको ६ लाख सहयोग, आवश्यक परे अझ सहयोग गर्न तयार

न्यूयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी सल्लाहकार एसी शेर्पाले एनआरएनए आइसिसीले खडा गरेको कोरोना कोषमा ६ लाख सहयोग गर्नुभएको छ । एनआरएनएलाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्दै आउनुभएको शेर्पाले आवश्यक परेको खण्डमा अझ सहयोग गर्न समेत तयार रहेको बताउनुभएको छ ।

कोरोना कोषमा दिल खोलेर सहयोग गर्नुभएको शेर्पाले यसअघि अमेरिकाज् क्षेत्रीय उपसंयोजक हुँदा पनि संस्थाको लागि महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।  एनआरएनएले सञ्चालन गरेको लाप्राक प्रोजेक्ट होस वा भूकम्पलगायत नेपालको हरेक विपत्तिमा शेर्पाले महत्वपूर्ण योगदान गर्नुभएको छ ।

धन मात्र नभई मन समेत ठूलो भएका शेर्पा एनआरएनएनको हितमा लागिपर्दै आउनुभएको छ । साथै नेपालको शैक्षीक क्षेत्रमा समेत शेर्पाको योगदान उल्लेखनीय रहेको पाइन्छ ।


प्रकाशित | ६ बैशाख २०७७, शनिबार १४:१४