म्यानमारमा डा. मीना देबी सापकोटाको संयोजकत्वमा एनआरएनएको महिला फोरम गठन

म्यानमार : गैर आवासीय नेपाली संघ (एनआरएनए ) म्यानमारमा पनी महिला फोरम गठन भएको छ । महिला संयोजक डा मीना देबी सापकोटाको संयोजकत्वमा महिला फोरम गठन भएको हो ।  एनसिसी अध्यक्ष  एसपि क्षेत्रीको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपाली दुताबासबाट मदन रंजना उदासलाई सल्लाहकार नियुक्त गरिएको छ ।  त्यस्तै, कार्यकारी सदस्यमा विद्या ज्ञवाली, मुना भट्टराई, डा. सोनीया पोखरेल, कलवती सापकोटा, कुमारी न्यौपाने, सुनिता बञ्जारे, चाँद नौलखा ,कलवती बानीयाँ, कमला बाग्ले,
रहेको महिला फोरम गठन भएको हो ।

एनआरएनए एसिया प्याशिफिक महिला फोरम संयोजक जुनु गुरुगंका अनुसार म्यानमारमा ९ औ महिला फोरम गठन भएको हो ।  एसिया प्याशिफिकमा अहिलेसम्म  जापान, हंगकंग, मकाउ, सिंगापुर, थाईल्यान्ड, मलेसिया, कोरिया, चीन, म्यानमार मा गठन भइसकेको  संयोजक गुरुगंले जानकारी गराउनुभयो । महिला फोरम गठनलाई तीब्रता दिएको एसिया प्याशिफिक क्षेत्रले एनआरएनएनको अन्य क्षेत्रभन्दा निकै सक्रिय देखिएको छ । महिला फोरम गठनसँगै आफना गतिविधिलाई समेत तीब्रता दिइएको छ ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १८:२५