समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती गर्ने पक्षमा सरकार छैन: मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको अधिकार कटौती नहुने बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार ‘संघीय निजामती सेवा ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा बोल्दै मन्त्री पण्डितले प्रदेश र स्थानीय तहको अधिकार कटौती नहुने स्पष्ट पार्नुभएको हो ।

प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन बनाउने संवैधानिक व्यवस्थाअनुसार त्यसको आधार र मापदण्ड तयारी भइरहेको बताउँदै दुवै तहको निजामती सेवा ऐनको आधार र मापदण्ड तय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रदेश र स्थानीय तहको समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती गर्ने पक्षमा सरकार नरहेको पनि बताउनुभयो ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार १९:२३