संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौ: आज सररकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछ।। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।  संघीय संसदका सदस्यले मतदान गरेर निर्वाचित भएपनि राष्ट्रपति बर्षमा एकपटकमात्र संघीय संसदमा उपस्थित हुने प्रचलन छ। नीति तथा कार्यक्रम राष्ट्रपतिले पेश गर्ने परम्परा छ। नयाँ संविधानसँगै सरकारले आफ्ना गतिविधिको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्दै आएको छ ।

सरकारले नीति तथा पेस गरेपछि संसदमा छलफल हुनेछ । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ । छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया सुरु हुनेछ । नीति तथा कार्यक्रम पेसका लागि संघीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १२:५२