‘द भ्वाइस’को कोचमा दुई जर्ज गायक राजु लामा र गायिका आस्था राउतको इन्ट्री

काठमाडौँ : ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि दुई नयाँ जर्जहरु गायक राजु लामा र गायिका आस्था राउतको इन्ट्री भएको छ । आयोजकले आज काठमाडौँमा पत्रकार सम्मेलन गरि ‘द भ्वाइस अफ नेपाल–२’को उक्त जानकारी दिएको हो । हिमालय एचडीबाट साउनको पहिलो साताबाट शुक्रबार र शनिबार बेलुकी आठ बजे प्रशारण हुने भएको छ । ‘द भ्वाइस अफ नेपाल–२’लाई यूनाइटे सिमेन्ट्सले टाइटल स्पोन्सर गरेको छ । सह–प्रायोजकको रुपमा एनआइसी एशिया बैंक र आइएनजी ग्रुप रहेका छन् ।


प्रकाशित | ३ असार २०७६, मंगलवार ०९:५८