७ वर्षदेखि अस्पतालमा अचेत रहेका गुरुङलाई एनआरएनएले दिलायो नयाँ जीवन (भिडियोसहित )

काठमाडौं । गत अक्टोवर महिनामा काठमाण्डौं स्थित त्रिभुवन विमान स्थलमा एक जना यात्री हुवील चेयरमा उत्रिए । उनको खुट्टा चल्ने अवस्थामा थिएन् । विमानबाट स्वयसेवकहरुले झ्याकुटी पारेर उतारेका थिए । शारिरीक रुपमा निकै कमजोर र अशक्त थिए उनी । बोल्न सक्दैनथे । खुट्टामा जुता चप्पल समेत थिएनन् । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं १० निवासी ३५ वर्षिय प्रकाश गुरुङ अहिले ठमठम हिड्छन् । शारिरीक रुपमा पनि तन्दुरुस्त छन् ।

नेपाल फिरेको झण्डै ६ महिनाको अन्तरालमा गुरुङले नयाँ जीवन पाएका छन् । उनका आफन्तहरु समेत उनको स्वास्थ्य स्थितिमा आएको सुधार देखेर चकित छन् । गुरुङका आफन्त मध्येका एकले भने कस्तो अवस्थामा नेपाल आएको थियो अहिले कस्तो राम्रो भयो, हामी त कल्पना पनि गरेका थिएनौ यस्तो सुधार होला भनेर । अहिले उनको स्वास्थ्य स्थिति निकै सुधार छ, केही हिंडडुल गर्न सक्छन्   । अहिले छरछिमेकमा समेत खुसियाली छ ।

बैदेशिक रोजगारीको सिलसिलामा सन् २०१३ मा साउदी अरवमा गएका प्रकास जटिल स्वास्थ्य समस्याका कारण झण्डै ७ बर्ष साउदी अरबको अस्पतालमा भर्ना भई झण्डै अचेत अवस्थामा पुगेका उनलाई एनआरएनएले नेपाली राजदुतावाससँगको समन्वयमा सकुशल उद्दार गरी स्वदेश फर्काएको थियो ।

गैर आवासीय नेपाली संघले गत वर्ष देशी शुरु गरेको मानवीय उद्धारको सहयोगको प्रसंशा गाउँगाउँ सम्म हुने गरेको छ । प्रकाश अहिले फुर्शदको बेला साथी भाईहरुसंग गफिएर बस्ने गर्छन् । उनको खुशीको सिमा छैन् । “सबैको सामुहिक प्रयास हुँदा अप्ठ्यारोमा परेका मानिसको जीवन कति सहज बन्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रकाश गुरुङ” ।

उनी बैदेशिक रोजगारीका सिलसिलामा सन् २०१३ मा साउदी अरवमा गएका थिए । जटिल स्वास्थ्य समस्याका कारण झण्डै ७ बर्ष साउदी अरबको अस्पतालमा भर्ना भई झण्डै अचेत अवस्थामा रहेका उनलाई गैर आवासीय नेपाली संघले नेपाली राजदुतावाससंगको समन्वयमा गत अक्टोवरमा अन्तिम साता संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत सकुशल उद्दार गरी नेपाल फर्काएको थियो ।

गुरुङलाई नेपाल सम्म फर्काउने कार्यमा साउदीस्थित गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, नेपाली राजदुतावास साउदी अरेविया तथा संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसीले महत्वपुर्ण भुमिका खेल्नु भएको थियो । गैर आवासीय नेपाली संघको बैदेशिक रोजगार तथा कल्याणकारी विभागले मध्यपूर्वमा अलपत्र परेका नेपालीहरुको उद्धारको कार्य जारी राखेको छ । संघले हाल सम्म १७ हजार भन्दा बढीको उद्धार गरेको छ ।


प्रकाशित | १४ बैशाख २०७८, मंगलवार १८:५८