आज कुन देशको मुद्राको विनिमय दर कति छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७० पैसा र बिक्रीदर १६० रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको विनिमय दर कस्तो ?


प्रकाशित | १५ चैत्र २०७८, मंगलवार ०९:१६