च्याउ खाएर बिरामी परेका ४ जनाको उपचारको क्रममा ज्यान गयो

पाल्पा: पाल्पामा जंगली च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको शुक्रबार दिउँसो ज्यान गएको छ ।यो सँगै च्याउ खाएर ज्यान जानेको संख्या ६ पुगेको छ ।

गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठकुरी, १४ वर्षीया निरुता सिंह ठकुरी, १३ वर्षीया निशा सिंह ठकुरी र त्यसै ठाउँका ४५ वर्षीय पूर्णबहादुर खाम्चाको शुक्रबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

गएको जेठ २४ गते बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा ४ वर्षीय उमेश गाहाको आइतबार र ४५ वर्षीया रिखिसरा गाहाको ज्यान गएको थियो ।

 


प्रकाशित | ३१ जेष्ठ २०७६, शुक्रबार २०:०५