आज कानून दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौंः आज कानुन दिवस विविध कार्यक्रम गरि मनाइँदैछ । विशेष गरि कानून र न्याय क्षेत्रमा संलग्नहरुले बिहीबार विविध कार्यक्रम गरि कानून दिवस मनाउँदै छन् । प्रधान न्यायालयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागु भएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरिन्छ । कानुन दिवसको अवसरमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले सबैमा शुभकामना दिनुभएको छ ।  आज कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले देशभरका न्यायालयमा सार्वजनिक बिदा दिएको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १३:१६