अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथानक चलचित्र ‘दाल भात तरकारी’ ले गर्यो आक्रमक ब्यापार

काठमाडौं : वैशाख २० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ ले आक्रमक ब्यापार गरेको छ । चलचित्र यतिबेला सिनेमा घरमा प्रदर्शन भइरहेको छ । प्रस्तुतकर्ता किरण केसीले चलचित्र ‘दाल भात तरकारी’ ले रिलिजको ६ दिनमा २ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बताउनुभएको छ । आज बक्स अफिस कलेक्सन बाहेक झण्डै ३ करोडको व्यापार गरेको छ ।

कमेडी विधामा निर्माण भएको यो फिल्ममा सुदन केसीको निर्देशन छ । अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथा रहेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १८:००