आफन्तको स्वागत र बिदाइमा नआउन विमानस्थलको अनुरोध

काठमाडौं –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ । कोरोना संक्रमण बढ्न थालेपछि विमालस्थलले भिडभाडलाई कम गर्ने उद्देश्यले स्वागत र बिदाइमा नआउन भनेको हो ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन पनि कार्यालयले अनुरोध गरेको छ ।

हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआउन कार्यालयले सूचना जारी गरेको छ ।

त्यस्तै अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास पनि उपलब्ध नगराइने विमानस्थल कार्यालयले जनाएको छ ।


प्रकाशित | २७ पुष २०७८, मंगलवार १३:३२